Loading...
You are here:  Home  >  अन्तर्राष्ट्रिय  >  Current Article

श्रीलंकामा जारी संकटकाल खारेज

२३ चैत,   खबरमञ्च,   at 12:28 PM

By   /  April 6, 2022  /  Comments Off on श्रीलंकामा जारी संकटकाल खारेज

    Print       Email

कोलम्बो। श्रीलंकामा लागू गरिएको संकटकाल खारेज भएकोे छ ।

देशव्यापी राजनीतिक तथा आर्थिक उथलपुथलबीच राष्ट्रपति गोटाबाया राजापाक्षेले संकटकाल अवस्था खारेज गरेका हुन् । सरकारविरोधी प्रदर्शनबीच  गठबन्धनका सहयोगीहरू सरकारबाट बाहिरिएपछि राष्ट्रपतिले आफ्नो संसदीय बहुमत गुमाएका थिए । 

नवनियुक्त अर्थमन्त्री अली साब्रेले मंगलबार राजीनामा दिएका थिए । अर्थमन्त्रीमा नियुक्त भएको भोलिपल्ट उनले राजीनामा दिएका थिए ।

त्यसअघि मन्त्रिपरिषद्का  सबै सदस्यहरूले सामूहिक राजीनमा दिएका थिए । टापुको देश श्रीलंका पछिल्लो समय आर्थिक संकटबाट ग्रसित छ । आर्थिक संकटसँग देशमा राजनीतिक संकट पनि चुलिएको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

भारतमा पुनः बढ्यो कोरोना संक्रमणको दर, चौथो लहरको आशंका

Read More →