
बिर्तामोड । पूर्वको प्रमुख व्यापारिक केन्द्र बिर्तामोडमा सुविधा सम्पन्न सिद्धार्थ होटल ग्राण्ड सिटी सञ्चालनमा आएको छ।
५० करोड रुपैयाँको लगानी र सिद्धार्थ हस्पिटालिटी म्यानेजमेन्टको व्यवस्थापनमा उक्त होटल सञ्चालनमा आएको हो।
होटल व्यवस्थापनमा अब्बल मानिँदै आएको सिद्धार्थले पूर्वमा पनि आफ्नो उपस्थिति जनाएको छ।
शनिवार एक औपचारिक कार्यक्रमका बीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई होटलको उद्घाटन गरेका हुन्।
सिद्धार्थ होटल ग्राण्ड सिटीमा ५१ वटा सुविधा सम्पन्न कोठा, पाँच वटा विभिन्न रेष्टुरेन्ट, २ वटा कन्फ्रेन्स हल, स्वीमिङ पुल, हेल्थ क्लब, खुल्ला बगैंचा रहेको होटलका अध्यक्ष देवीप्रसाद मैनालीले जानकारी दिए।
नाफा आर्जन गर्ने मात्र नभई पूर्वमा पर्यटन प्रबद्र्धनका लागि समेत होटल सञ्चालनमा ल्याइएको उनको भनाइ छ।
सिद्धार्थ हस्पिटालिटीका कार्यकारी प्रमुख कृष्ण न्यौपानेले होटल व्यवसाय पर्यटन प्रबर्द्धनको मेरुदण्ड भएको बताए।
होटलले चौबिसै घण्टा सेवा प्रवाह गर्ने बताउँदै उनले होलटको अभावमा अब कसैले पनि खान र बस्नका लागि समस्या भोग्नु नपर्ने बताए।