Loading...
You are here:  Home  >  शिक्षा  >  Current Article

एसईईका सम्बन्धमा शिक्षामन्त्रीद्वारा प्रदेशका मन्त्रीसँग छलफल, धेरैकाे सुझावः स्थिति सहज भएपछि गराैँ

४ वैशाख,   खबरमञ्चडेस्क,   at 8:07 PM

By   /  April 16, 2020  /  Comments Off on एसईईका सम्बन्धमा शिक्षामन्त्रीद्वारा प्रदेशका मन्त्रीसँग छलफल, धेरैकाे सुझावः स्थिति सहज भएपछि गराैँ

    Print       Email

काठमाडौं । कोरोना भाइरसको सन्त्रासका कारण स्थगित भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) अब कहिले हुन्छ भन्ने जनचासोको विषय बनेकोछ ।

लाखौं विद्यार्थीको भविष्यसँग जोडिएका हुनाले पनि कोरोना र लकडाउनका बीच पनि एसईई कहिले हुने भन्ने कुराले विद्यार्थी र अभिभावक ढुक्कसँग बस्न सकेका छैनन् ।

जनचासाे बढ्दै गएपछि शिक्षामन्त्री गिरिराजमणि पोखरेल पनि यस विषयमा छलफलमा जुटेका छन् ।

विहीवार सातै प्रदेशका सामाजिक विकास मन्त्रीसँग भिडियो कन्फरेन्समार्फत यस विषयमा छलफल गरेका छन् । छलफलका क्रममा सातै प्रदेशका मन्त्रीहरुले स्थिति सहज भएको अवस्थामा केही समय दिएर परीक्षा सञ्चालन गर्नुपर्ने सुझाव दिएको मन्त्रालयका प्रवक्ता दीपक शर्माले खबरमञ्चलाई जानकारी दिए ।

उनका अनुसार उक्त छलफलमा लकडाउन खुलेको केही हप्तापछि मात्रै परीक्षा सञ्चालन गर्न सकिने सुझाव दिएका छन् । यसबाहेक केही अनिवार्य विषयमा मात्र परीक्षा लिएर बाँकी ऐच्छिक विषयलाई विद्यालयले गर्ने आन्तरिक मूल्याङ्कनको आधार जोडेर ग्रेड निर्धारण गर्न सकिने पनि सुझाव आएका छन् ।

डेरामा बस्न जान नपर्ने गरी नजिकमा केन्द्र राखेर परीक्षा सञ्चालन गर्न सकिने पनि केहीको सुझाव रहेको प्रवक्ता शर्माले बताए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

त्रिविले भन्याेः सतर्कता अपनाउँदै सम्भव भएसम्म भौतिक उपस्थितिमै कक्षा सञ्चालन गर्नू

Read More →