Loading...
You are here:  Home  >  शिक्षा  >  Current Article

भद्रपुरका दुई विद्यालयमा अध्ययनरत ५ जना विद्यार्थीलाई लायन्स क्लब अफ बालाजुकाे छात्रवृत्ति

१० असाेज,   खबरमञ्च,   at 7:46 PM

By   /  September 26, 2020  /  Comments Off on भद्रपुरका दुई विद्यालयमा अध्ययनरत ५ जना विद्यार्थीलाई लायन्स क्लब अफ बालाजुकाे छात्रवृत्ति

    Print       Email

विर्तामाेड । लायन्स क्लब अफ बालाजु, काठमाडाैंले झापाका दुई विद्यालयमा अध्ययनरत ५ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेकाे छ ।

शुक्रबार एक कार्यक्रमका बीच लायन्स क्लब अफ बालाजुका सचिव झलेन्द्र भट्टराईले भद्रपुर नगरपालिकाभित्रका दुईवटा विद्यालयमा अध्ययनरत ती विद्यार्थीलाई जनही १० हजारका दरले छात्रवृत्ति प्रदान गरेकाे हुन् । यसरी छात्रवृत्ति पाउनेमा हिमाली मविमा अध्ययनरत सन्थाल समुदायका ४ जना र अरनिको माविमा अध्ययनरत राजवंशी समुदायकी एकजना फरक क्षमता भएकी विद्यार्थी छन् ।

क्लवले प्रदान गरेकाे उक्त रकमबाट विद्यालउले विद्यार्थीकाे आकस्मिक खर्च व्यवस्थापनका लागि तत्काल १०% नगद उपलब्ध गराएकाे छ  ।

 बाँकी रकमका हकमा भने ५ जना विद्यार्थीलाई वर्षभरका लागि सम्बन्धित विद्यालयसँगकाे सहकार्यमा वर्षको २ पटक पोशाक, वर्षभरको कापीकिताब र सामान्य खाजा सहितको सुविधा हुनेगरी एकमष्ट व्यवस्था मिलाइने हिमाली माविका प्रधानाध्यापक दीपक दाहालले खबरमञ्चलाई बताए ।

छात्रवृत्ति प्रदान गर्दै क्लवका सचिव भट्टराईले लोपोन्मुख सन्थाल तथा अन्य आदिवासी समुदायकाे अवस्था अहिले पनि उस्तै रहेकाे भन्दै उनीहरुलाई शिक्षाकाे मुलप्रवाहमा ल्याउन आवश्यक रहेकाे बताए । सन्थाल समुदायबाट उच्च शिक्षा अध्ययन गरेका व्यक्तिहरुकाे संख्या निकै कम त छ । ‘शिक्षाको अभावको कारण पुस्तौं अँध्यारोमा रहन बाध्य हुनु आजको सभ्य समाजकोलागि कतिसम्मको शर्मानाक कुरा हो, ‘ भट्टराईले भने ।साना किसान विकास लघुवित्त वित्तीय संस्थाका डेपुटी सिइओ समेत रहेका भट्टराईले आफ्नाे प्रारम्भिक शिक्षा हिमाली माविबाटै हासिल गरेका थिए ।

छात्रवृत्ती प्रदान कार्यक्रममा नगर सदस्य कौशिला अधिकारी, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, प्रधानाध्यापक, शिक्षक, अविभावक लगायत विभिन्न क्षेत्रमा आवद्ध व्यक्तित्वहरुकाे उपस्थिती रहेको थियो ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

डा. केसीसंग सरकारले शुरु गर्यो वार्ता

Read More →