Loading...
You are here:  Home  >  अपराध  >  Current Article

राेल्पामा १३ वर्षे दुई बालकमाथि जबरजस्तीकरणीकाे आराेप

३ कार्तिक,   खबरमञ्च,   at 11:19 PM

By   /  October 19, 2020  /  Comments Off on राेल्पामा १३ वर्षे दुई बालकमाथि जबरजस्तीकरणीकाे आराेप

    Print       Email

काठमाडाै‌ । राेल्पामा १३ वर्षे दुई बालक जबरजस्तीकरणीकाे आराेपमा पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय राेल्पाले सुनिलस्मृति गाउँपालिका ८ का दुई युवालाई  साेही वडाकी ५ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेकाे आराेपमा पक्राउ गरेकाे हाे । यद्दपि उनीहरुलाई हाललाई अभिभावकाे जिम्मेवारीमा निगरानीसहित राखिएकाे छ ।

राेल्पाका प्रहरी निरीक्षक शंकर खड्काका अनुसार असाेज ३० गते विहान १० बजे दुई बालकले घर नजिकै गोरेटो बाटोमा बालिकामाथि जबरजस्ती करणीकाे गरेकाे भन्दै बालिकाका परिवारले उजुरी दिएका थिए ।

साेही उजुरीका आधारमा प्रहरीले ती बालकलाई प्रहरी कार्यालयमा बाेलाएर आवश्यक साेधपुछ गरेकाे थियाे । त्यसपछि भने प्रहरीले पीडित बालिकाकाे स्वास्थ्य परीक्षण गरी परिवारकाे जिम्मा लगाएकाे छ ।  थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

मेचीनगर ४ का प्रधानको हत्या, रातारात पक्राउ परे अभियुक्त

Read More →