Loading...
You are here:  Home  >  सम-सामयिक  >  Current Article

झापामा राप्रपाप्रति युवा आकर्षण बढ्दाे, २० दिनमा झण्डै १०० युवाले गरे राप्रपा प्रवेश

२६ साउन,   खबरमञ्च,   at 8:18 AM

By   /  August 10, 2020  /  Comments Off on झापामा राप्रपाप्रति युवा आकर्षण बढ्दाे, २० दिनमा झण्डै १०० युवाले गरे राप्रपा प्रवेश

    Print       Email

विर्तामाेड । पछिल्लाे समय झापामा विभिन्न पार्टी परित्याग गरेर राप्रपा प्रवशे गर्नेहरुकाे संख्या बढेकाे छ ।

जसअनुसार गएकाे २० दिनमा मात्र नेकपा, कांग्रेस लगायतका पार्टी परित्याग गरी झण्डै एक सय जना राप्रपामा प्रवेश गरेका छन् ।

पछिल्लाे  पटक शनिबार हल्दिवारी र बाह्रदशीका तीन दर्जन भन्दा बढी युवाहरु राप्रपा प्रवेश गरेका छन् । राप्रपा क्षेत्र नं ३ झापाको विस्तारित क्षेत्रीय बैठकका अवसरमा राप्रपा नेता राजेन्द्र लिङ्देनले ती युवाहरुलाई सदस्यता दिँदै पार्टी प्रवेश गराएका हुन् ।

यसबाहेक साउन २२ गते पनि झापाकाे गाैरादहका एक दर्जनभन्दा बढी युवाहरु राप्रपा प्रवेश गरेका थिए ।

त्यस्तै गत साउन ५ गतेपनि भद्रपुरका तीन दर्जन भन्दा बढी युवाहरु राप्रपा प्रवेश गरेका थिए ।

 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

झापामा ४ जनामा कोरोना संक्रमण, ७८ बर्षिय बृद्धमा दिउँसो कोरोना पुष्टि, बिहानै मृत्यु

Read More →