Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

नेकपा जनप्रतिनिधिबाट शत्रुवत व्यवहार हुन थाल्याेः राप्रपा गाउँ समिति हल्दिवारी

२९ असार,   खबरमञ्च,   at 9:31 PM

By   /  July 13, 2020  /  Comments Off on नेकपा जनप्रतिनिधिबाट शत्रुवत व्यवहार हुन थाल्याेः राप्रपा गाउँ समिति हल्दिवारी

    Print       Email

विर्तामाेड । राप्रपा गाउँपालिका कार्यसमिति हल्दिवारीले सरकारलाई सरकारलाई दिँदै आएकाे समर्थन फिर्ता लिन केन्द्रीय समितिलाई आग्रह गरेकाे छ ।

पार्टीकाे आज बसकेकाे बैठकले गत असार १० गते हल्दिवारी गाउँपालिकाकाे गाउँसभामा भएकाे घट्नालाई लिएर केन्द्रीय समितिलाई बामपन्थी सरकारलाई दिएकाे समर्थन फिर्ता लिन आग्रह गर्ने निर्णय गरेकाे हाे ।

असार १० गते गाउँपालिकाको गाउँसभा चलिरहेकाे अवस्थामा नेकपाबाट निर्वाचत उपाध्यक्ष डम्बर गिरी लगायतका सदस्यले गाउँपालिका अध्यक्ष रविन्द्र लिङदेनमाथि अभद्र व्यवहारसहित हातपात गरेकाे घट्ना बाहिरीएकाे थियाे ।

साेही घट्नालाई लिएर सोमबार बसेको राप्रपा गाउँ समितिको बैठकले तत्काल  सरकारलाई दिएकाेा समर्थन फिर्ता लिन दवाब दिएकाे हाे  ।

राप्रपाले गएकाे प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सत्तारुण नेकपासँग गठबन्धन थियाे ।

राप्रपा गाउँ समितिका अध्यक्ष एकराज राना मगरको अध्यक्षतामा बसेको बैठकले निर्वाचनयता सहकार्य गर्दै अघि बढेकाे भएपनि पछिल्लाे समय नेकपाका तल्लाे तहका नेतृत्वले शुत्रवत व्यवहार गर्न थालेकाे र  जनताको बहुमतबाट निर्वाचित गाउँपालिका अध्यक्षलाई समेत बाहुबलका आधारमा विस्थापित गर्न अग्रसर भएको भन्दै तत्काल फिर्ता लिन केन्द्रीय समितिलाई आग्रह गर्ने निर्णय गरेको छ ।

‘आम जनताको बहुमतबाट निर्वाचित गाउँपालिका अध्यक्ष प्राविधिक बहुमतको बन्दी बनाउने, अभद्र व्यवहार गर्ने कामहरू निन्दनीय मात्र होइन । यसले निर्वाचन प्रणाली माथि नै दीर्घकालीन असर पुर्याउँछ भन्ने हाम्रो ठहर छ,’बैठकले गरेकाे निर्णयमा उल्लेख छ ।

त्यसैगरी गाउँ सभा विवाद उत्पन्न भई स्थगित भएपछि विवादको अर्को पक्षबाट छलफल र संवादबाट समस्याको समाधान गर्ने कुनै सकारात्मक प्रयासहरू नभएको हुँदा लामो समयसम्म गाउँपालिकालाई अनिर्णयको बन्दी बनाएर जनताको सेवा सुविधामै प्रभाव पर्ने काम गर्नु एक जिम्मेवार राजनीतिक दलका लागि अनुपयुक्त हुने ठहर गर्दै तत्काल कानुनी उपचारको बाटो खोज्न राप्रपाका तर्फबाट निर्वाचित प्रतिनिधिहरूलाई निर्देशन दिने र सङ्गठन विस्तार गर्न र गाउँ सभा भएको घटनाको सत्य तथ्य आमजनता र कार्यकर्ता तहमा पुर्याउन वडा र टोल स्तरीय बैठकहरूको आयोजना गर्ने निर्णय बैठकले गरेको छ ।

साथै गाउँपालिकामा उत्पन्न विवाद समाधानका लागि राप्रपा गाउँ समितिले आवश्यक छलफल, संवाद र निकासका लागि संयोजक दिल केशर थापाको संयोजकत्वमा पाँच सदस्य वार्ता समिति गठन गरेको छ । वार्ता समितिको सदस्यहरूमा देवीबहादुर थापा, एकराज राना मगर, सन्तकुमार थापा र खिवराज भट्टराई रहेको जनाइएको छ ।

‘गाउँपालिकाका अध्यक्ष तथा राप्रपाका जिल्ला सदस्य लिङदेनमाथि अभद्र व्यवहार पश्चात् उत्पन्न परिस्थितिले गाउँ समितिले यस्तो निर्णय गरेको हो,’ राप्रपा गाउँपालिका कार्यसमिति हल्दिबारीका अध्यक्ष राना मगरले भने, ‘बहुमतका वर्तमान सरकारका जनप्रतिनिधिलाई राप्रपाले गरेको समर्थन सङ्ख्याको आधारमा फरक नपरे पनि राजनीतिक दृष्टिकोणले असर पर्ने सक्छ ।’ 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

कोरोनाले महामारीको रुप लिन थाल्यो, सतर्क रहौंः आन्तरिक मामिला मन्त्री कार्की

Read More →