Loading...
You are here:  Home  >  सम-सामयिक  >  Current Article

एसएसपी राणा पक्राउ परेका छैनन्ः धरान प्रहरी

१८ माघ,   खबरमञ्चडेस्क,   at 8:07 PM

By   /  February 1, 2020  /  Comments Off on एसएसपी राणा पक्राउ परेका छैनन्ः धरान प्रहरी

    Print       Email

काठमाडौं ।  बलात्कारको आरोप लागेका वरिष्ठ प्रहरी उपरीक्षक सौरभ राणालाई हालसम्म पक्राउ नगरिएको प्रहरीले जनाएको छ ।

राणा पक्राउ परेको भनि हल्ला चलाइए पनि हालसम्म उनी पक्राउ  नपरेकाे इलाका प्रहरी कार्यालय धरानका डीएसपी ढुण्डिराज न्यौपानेले खबरमञ्चलाई बताए । राणालाई पक्राउ गर्ने तयारी भइरहेकाे भएपनि पक्राउ पूर्जीका लागि अनुमतिनै मागि नसकेकाे उनकाे भनाइ छ ।

‘बाहिर हल्ला भए जस्तो केही भएको छैन । अहिलेसम्म हामीले पक्राउ पूर्जीका लागि अनुमति पनि मागिसकेका छैनौं । पूर्जीविना पक्रने कुरा हुँदैन । अब भोलि अदालत खुलेपछि पहिलो चरणमा त्यो काम गर्नेछौं,’ उनले भने।

हालसम्म पीडित भनिएकी महिलाको स्वास्थ्य परिक्षण र घट्नास्थलको मुचुल्का तयार पार्ने काम मात्र भएकाे उनकाे भनाइ छ  ।

संघीय प्रहरी इकाई कार्यालय धरानका प्रमुख रहेका एसएसपी राणाविरुद्ध बिहीबार जिल्ला प्रहरी कार्यालय सुनसरीमा जबरजस्ती करणीको उजुरी दर्ता भएको थियो।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

झापा गौरीगञ्जका ३ र दमक १ जना पुरुषमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि

Read More →