Loading...
You are here:  Home  >  कला / साहित्य  >  Current Article

प्रमोद खरेलको ‘मेरो छाति धड्कियोस्’ सार्वजनिक (भिडियोसहित)

१८ साउन,   खबरमञ्च,   at 4:19 PM

By   /  August 2, 2020  /  Comments Off on प्रमोद खरेलको ‘मेरो छाति धड्कियोस्’ सार्वजनिक (भिडियोसहित)

    Print       Email

काठमाडौ । गायक प्रमोद खरेलको स्वरमा रहेको ‘मेरो छाति धड्कियोस्’ गीतको भिडियो सार्वजनिक भएको छ ।

लेखक तथा पत्रकार राज सरगमको शब्द रहेको गीतमा संगीतकार विपिन आचार्यले कम्पोज गरेका छन् ।

काठमाडौं र ललितपुरमा छायांकन गरिएको भिडियोलाई नारायण ठकुरी र गीतकार स्वयम् नारायण ठकुरीले निर्देशन गरेका हुन् । नरेश चैसिरको छायांकन रहेको छ भने सन्देश परियारको सम्पादन रहेको छ ।

भिडियोमा मोडल कसिस दाहाल र भूपेशसिंह ठकुरीको अभिनय रहेको छ । कसिसले आधा दर्जन चलचित्र तथा दर्जनौ म्युजिक भिडियोमा अभिनय गरी सकेकी छिन् । साइराम पिक्चरबाट सार्वजनिक गरिएको छ ।

लेखक सरगमले यो भन्दा अगाडि चलचित्र दबाब, चाल मेरो मान्छे, लगायत सिनेमा गीत पनि लेखेका थिए ।

लामो समयको अन्तरालपछि दुई गीत लिएर आएका हुन् । आख्यानको कामले गीत पछाडि परेको बताए सरगमले ।

भिडियाेसहितः

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

‘सिन्धुलीकाे जुनारै रसिलाे’ सार्वजनिक (भिडियाेसहित)

Read More →