Loading...
You are here:  Home  >  समाज  >  Current Article

जनताकाे पीडा देखेर पनि केही गर्न नसक्दा मन भतभती पोल्छः राजेन्द्र लिङ्देन

९ जेठ,   खबरमञ्चडेस्क,   at 10:44 PM

By   /  May 22, 2020  /  Comments Off on जनताकाे पीडा देखेर पनि केही गर्न नसक्दा मन भतभती पोल्छः राजेन्द्र लिङ्देन

    Print       Email

स‌ंघीय संसद सचिवालयले सबै सांसदहरुलाई उपत्यका बाहिर नजान आग्रह गरेकाे छ ।

काेराेना संक्रमण बढ्दै गइरहेकाे र सांसदहरुकाे पीसीआर परिक्षण गरिसकेकाे अवस्थामा जिल्ला जिल्ला जाँदा परिक्षणकाे उपादेयता पनि नहुने र जाेखिम पनि बढ्ने भन्ने सांसदहरुलाई जिल्ला नजान भनेकाे हाे । जसका कारण यतिबेला सबै संघीय सांसदहरु उपत्यका छन् ।

अथवा भनाैं सांसदहरु बाध्यात्मक रुपमा अहिले उपत्यकामा छन् ।

राप्रापा सांसद राजेन्द्र लिङ्देन संसद नचलेकाे बेला सकेसम्म निर्वाचन क्षेत्रनै जाने गरेका थिए । तर संसदकाे वर्खे अधिवेशनका लागि वैशाख २५ गते काठमाडाैं आएका उनी झापा जान पाएका छैनन् ।

लिङ्देनले चुनाव जितेकाे झापा क्षेत्र नं ३ मा पर्ने कचनकवलमा पछिल्लाे समय काेराेना  संक्रमितकाे संख्या बढिरहेकाे छ । तर लिङ्देन जान सकेका छैनन्  । त्यसैले उनी सामाजिक सञ्जालमार्फत आफ्ना मतदातासँग जाेडिरहेका छन् ।

शुक्रबार राति पनि फेसबुकमा एक स्टाटस पाेस्ट गर्दै लि्ङ्देनले संकटमा आफ्ना नागरिक भेटन नपाउँदा मन पाेलिरहेकाे उल्लेख गरेका छन् ।

उनले अफ्ठ्याराेमा परेका नागरिकाे पीडा सुनेर पनि सहयाेग गर्न नपाउँदा अफ्ठ्याराे महशुस गरेकाे कुरा फेसबुकमा लेखेका छन् ।

लिङ्देनकाे फेसबुक स्टाटसः

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

घटनाका दोषीलाई कानूनी दायरामा ल्याउन आग्रह

Read More →