Loading...
You are here:  Home  >  सम-सामयिक  >  Current Article

राप्रपा सांसद लिङदेनलाई धम्क्याउने पराजुलीलाई साढे ८ वर्ष जेल सजाय

पुस २९,   खबरमञ्च,   at 10:11 PM

By   /  January 14, 2020  /  Comments Off on राप्रपा सांसद लिङदेनलाई धम्क्याउने पराजुलीलाई साढे ८ वर्ष जेल सजाय

    Print       Email

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री राजेन्द्र लिङ्देनलाई धम्की दिएको आरोपमा पक्राउ परेका तिलकदास पराजुलीलाई साढे ८ वर्ष जेल सजाय सुनाइएको छ ।

जिल्ला अदालत, काठमाडौंका न्यायाधीश श्रीकृष्ण भट्टराईले उनलाई गत बिहीबार जेल सजाय सुनाएका हुन् ।

आपराधिक लाभमा ५ वर्ष कैद र ५० हजार जरिवाना, विद्युतीय कारोबार ऐनअन्तर्गत १ वर्ष ६ महिना कैद र उनको साथबाट नक्कली सवारी चालक अनुमतिसमेत पाइएकाले उक्त कसुरमा २ वर्ष कैद र ५० हजार जरिवाना सुनाइएको बताइएको छ ।

पराजुली २७ चैत ०७४ मा पक्राउ परेका थिए । उनीसँगै हुम्लाको सर्केगाड गाउँपालिका–१ का १९ वर्षीय प्रदीप रोकायासमेत पक्राउ परेका थिए ।

रोकायाले सिम निकालेर पराजुलीलाई दिएको आरोप लागेको थियो। सोही सिमकार्ड प्रयोग गर्दै पराजुलीले हत्यासम्मको धम्की दिने गरेको खुलेको थियो । रोकायालाई भने १ महिना कैद र १ हजार रुपैयाँ जरिवानाको फैसला गरिएको छ ।

यो पनि पढ्नुस् 

राजेन्द्र लिङ्देनलाई मार्न ५० लाखको सुपारी !

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

विभिन्न मुलुकबाट एक हजार १ सय १५ नेपाली स्वदेश फर्किए

Read More →