Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

बजेट कार्यान्वयनकाे जग अत्यन्त कमजाेर देखियाेः राजेन्द्र लिङदेन

१५ जेठ,   खबरमञ्च,   at 10:14 PM

By   /  May 28, 2020  /  Comments Off on बजेट कार्यान्वयनकाे जग अत्यन्त कमजाेर देखियाेः राजेन्द्र लिङदेन

    Print       Email

काठमाडाैं । राप्रपा सांसद राजेन्द्र लिङदेनले आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएकाे बजेटकाे कार्यान्यवयनमा शंका व्यक्त गरेका छन् ।

संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै सांसद लिङ्देनले सरकारले बजेटमा समेटेका केही विषय सकरात्मक भएपनि सञ्चालनकाे अत्यन्त कमजाेर रहेकाे बताए ।

‘कार्यक्रम राम्राे नराम्राे भन्दा  पनि त्यसकाे कार्यान्वयनकाे जग कति मजबूद छ भन्ने महत्वपूर्ण कुरा हाे । किनकी बजेटकाे विभाजनकाे प्रतिशत पनि परम्परागत छ । पुँजीगत खर्च भन्दा चालू खर्चचैं बेसी ६४ प्रतिशत छ । घटाउन सकिएकाे छैन । त्यसैले बजेटका केही सकारात्मक पक्ष भएपनि मूल रुपमा कार्यान्वयनकाे जग अत्यन्त कमजाेर छ,’ सांसद लिङ्देनले भने ।

बजेट अनुदान, अनुमान र विदेशी ऋणमा आधारित देखिएकाे भन्दै उनले यसकाे कार्यान्वयनमा शंका गर्ने प्रशस्त ठाउँहरु रहेकाे बताए  ।

‘बजेटकाे आकार घटे भने श्राेत महत्वपूर्ण हाे । त्यसैले यसपटककाे बजेटकाे कार्यान्वयनका लागि श्राेत जुटाउन निकै चुनाैतिपूर्ण हुने देखिएकाे छ,’ उनले भने ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

अयोध्याबारे प्रधानमन्त्रीको अभिव्यक्ति फिर्ता लिनुपर्छः वामदेव गौतम

Read More →