Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

‘आत्तिएका’ कचनकवलका जनतालाई सांसद लिङ्देनकाे ढाडस: ‘नआत्तिनुस्’

७ जेठ,   खबरमञ्चडेस्क,   at 10:33 AM

By   /  May 20, 2020  /  Comments Off on ‘आत्तिएका’ कचनकवलका जनतालाई सांसद लिङ्देनकाे ढाडस: ‘नआत्तिनुस्’

    Print       Email

विर्तामाेड । सीमावर्ती गाउँ बाह्रदशीमामा समेत केही समय अघि भारतबाट आएका स्थानीयमा पहिलो संक्रमण देखिएपछि कचनकवल गाउँपालिका पनि जाेखिमकाे केन्द्र बन्छ कि भन्ने धेरैकाे डर थियाे ।

किनकी कचनकवल भारतकाे विहार राज्यसँग सीमा जाेडिएकाे छ ।

पछिल्लाे पटक गाउँपालिकाका १० जनामा एकैपटक काेराेना संक्रमण देखिएपछि स्थानीय त्रसित बनेका छन् ।

क्वारेनटाइनमै बसेकाहरुलाई काेराेना संक्रमण देखिएकाले समदायमा संक्रमण फैलन नपाएकाे अवस्था भएपनि भारतबाट लुकिछिपि मानिसहरु नेपाल प्रवेश गर्ने भएकाले थप त्रास उत्पन्न भएकाे हाे ।

यस्ताेमा कचनकवलसहित झापाको क्षेत्र नं ३ बाट निर्वाचित सांसदहरुले जनतामा ढाडस दिने काेसिस गरिरहेका छन् ।

संघीय सांसद, प्रदेश सांसददेखि छेउछाउका स्थानीय सरकार र तीनका प्रतिनिधि अनि सिंगाे झापानै कचनकवलकाे अवस्थाप्रति संवेदनशील बन्दै आ-आफ्नाे क्षेत्रबाट सहयाेगमा जुटेका छन् ।

सांसद लिङ्देनकाे अपिल नआत्तिनुस् !

झापा क्षेत्र नं ३ बाट निर्वाचित प्रतिनिधिसभा सांसद राजेन्द्र लिङ्देनले आफ्ना मतदाता र अन्य सबैलाई नआत्तिन अपील गरेका छन् ।

नेपालमा नेपालमा कोरोना भाइरसको पहिलो संक्रमित देखिने बित्तिकै सुरक्षा सतर्कताका सम्बन्धमा जनचेतनासहित आफ्नो निर्वाचन क्षेत्रमा खटिएका थिए ।

भारतबाट आएका स्थानीयमा संक्रमण भेटिएपछि उनले आम मतदातालाई नआत्तिन र सावधानी अपनाउन अपिल गरेका छन् ।

यतिबेला काठमाडाैंमा रहेका जिल्ला नजान संघीय संसद सचिवालयले आग्रह गरेकाे अवस्थामा सांसद लिङ्देनले सामाजिक सञ्जालकै सहायताले आफ्ना मतदातालाई ढाडस दिने प्रयास गरेका छन् ।

“ज्यालामजदुरीका सन्दर्भमा भारतका विभिन्न स्थानमा रहेकाहरुकाे गाेजी रित्तिँदै जाँदा घर फर्कनुकाे विकल्प हुन्न, अझै पनि भारतबाट आउने क्रम जारी छ र संक्रमितहरुको संख्या बढन पनि सक्छ । यसबाट आतंकित हुनेभन्दा पनि संक्रमण समाजमा फैलन नदिन निम्नकुराहरूमा ध्यान पुरयाउन हार्दिक अपिल गर्दछु,” उनले भनेका छन् ।

यसबाहेक उनले भारतबाट आउने जाेकाेही भए पनि परिवार र समाजमा घुलमिल हुन नदिई सिधै क्वारेन्टाइनमा पठाउन पनि आग्रह गरेका छन् ।

“हुलमा कोरोना खोज्दै गएन र घरमै बसियो भने याे भाइसर सर्दैन, किनकी यो हावाबाट सर्दैन र घर घरमा खोज्दै आउदैन ,” उनले भनेका छन् ।

समाजमा भ्रम र आतंक सिर्जना गर्ने कुनै काम नगर्ने र कुनै जाति, धर्मविशेषलाई लिएर दुस्प्रचार नगरिदिन पनि आग्रह गरेका छन् ।

कचनकवलमा संक्रमित देखिएपछि प्रदेशसभा सांसद वसन्त बानियाँ पनि क्वारेनटाइन थप्ने र तीनकाे क्षमता बढाउने काममा लागेका छन् ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

बजेटमा उल्लेख आफ्नो मन्त्रालयको कार्यक्रममा शिक्षामन्त्री गिरिराजमणि पोखरेल आफैले गरे विरोध

Read More →