Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

संसदमा प्रधानमन्त्रीकाे गर्जनः याे सरकार कसैकाे आशिर्वादले बनेकाे हाेइन, जनताकाे विश्वासले बनेकाे हाे

६ जेठ,   खबरमञ्च,   at 3:56 PM

By   /  May 19, 2020  /  Comments Off on संसदमा प्रधानमन्त्रीकाे गर्जनः याे सरकार कसैकाे आशिर्वादले बनेकाे हाेइन, जनताकाे विश्वासले बनेकाे हाे

    Print       Email

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नाे सरकार जनताले राेजेर बनाएकाे सरकार भएकाे भन्दै कसैले ढालेर नढल्ने दाबी गरेका छन् ।

प्रतिनिधिसभाकाे आजकाे बैठकमा बाेल्दै प्रधानमन्त्री ओलीले सरकार कुनै देश वा अन्य कसैकाे आशीर्वादले नबनेकाे भन्दै कसैले ढाल्नै खाेज्दैमा नढल्ने ठाेकुवा गरे ।

प्रधानमन्त्रीले भने,’यहाँ कसैले याे सरकार पुग्याे । इनफ भनिरहनुभएकाे हाे । तर जनताले इनफ भनेका छैनन् । यसअघिका पार्टी र सरकारबाट आजित भएर इनफ इज इनफ भनेर जनताले याे सरकार चाहेका हुन् । त्यसैले याे सककार अबकाे ५ वर्ष सम्म त ढल्ने कुरै छैन । ‘

उनले केही तत्वहरुले जानै लागेकाे सरकारलाई कुनै देशकाे राजदूतले बचाए भन्ने कुराकाे पनि खण्डन गरे ।

‘जानै जानै लागेको थियो । फलानो देशका राजदूतले खेलेर बचाइदियो भन्ने खालका समाचार पनि आए, तर त्यस्तो होइन, यो जनताले बनाइदिएको सरकार हो,’ ओलीले भने ।

राष्ट्रियता ठूलो वा सानो नहुने भन्दै दुई ठूला देशका बीचमा रहेको नेपालले कसैसँग जुध्न राष्ट्रवादको बाटो नअंगालेको बताए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

मन्त्री बन्ने बामदेवकाे याेजनामा सर्वाेच्चकाे ब्रेक

Read More →