Loading...
You are here:  Home  >  सम-सामयिक  >  Current Article

झापामा हिमानीसँगै देखिए पूर्वयुवराज पारस शाह

७ फागुन,   खबरमञ्च,   at 11:06 PM

By   /  February 19, 2021  /  Comments Off on झापामा हिमानीसँगै देखिए पूर्वयुवराज पारस शाह

    Print       Email

विर्तामाेड । पछिल्लाे समय आफ्नै दुनियाँमा मस्त पूर्वयुवराज पारस शाह शुक्रबार अचानक पारिवारिक माहाेलमा भेटिए ।

परिवारसँग टाढा बस्दै आएका शाहलाई साेमबार भने परिवारका सबै सदस्यसँगै देखियाे ।

जहाँ लामो समयपछि पूर्वयुवराज शाह र पूर्वयुवराज्ञी हिमानी शाहबीच भेट भयाे ।

झापाको होटल मेची क्राउनमा पूर्वयुवराज दम्पत्तीबीच भेटघाट मात्र भएन राम्राे बाेलचाल नै भयाे ।

पूर्वरानी कोमल शाहको ७१औं जन्मोत्सवको अवसरले यो साइत जुराएको हो। किनकी पूर्वराजा ज्ञानेन्द्र शाहसहित राजपरिवारका सबै सदस्य धुलाबारीस्थित होटलमा पुगेका थिए।

यसअघि पारसबाहेक राजपरिवारका सदस्य मात्र जन्मोत्सवमा सहभागी हुने बताइएको थियो। पूर्वयुवराज यसअघि पोखरातिर व्यस्त थिए भने हिमानी काठमाडौं, थाइल्यान्डतिर मात्र हुने गरेकी थिइन्।

जन्मोत्सवले यो अवसर जुराएको हो। उनीहरूबीच सामान्य बोलचाल भएको बताइएको छ। राजपरिवारका सदस्यले सामूहिक तस्बिर खिच्नुका साथै जन्मोत्सवका लागि एक साता होटल बुक गरिएको छ।

बुधबारदेखि राजपरिवारका सदस्य होटलमा छन्। पूर्वराजा रानी भने लामो समयदेखि झापास्थित हिमालय टि स्टेटस्थित निवासमा थिए। हिउँद लाग्नासाथ उनीहरू हरेक बर्ष झापा पुग्ने गरेका छन्। यहि मेसोमा जन्मोत्सव मनाइएको हो।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

ओली र प्रचण्ड मिलेर एकता जाेगाउनुपर्छ: रघुजी पन्त

Read More →