Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

नेकपा सचिवालय बैठक आज पनि, ओली-प्रचण्डको प्रतिवेदनमाथि छलफल हुने

१७ मंसिर,   खबरमञ्च,   at 11:27 AM

By   /  December 2, 2020  /  Comments Off on नेकपा सचिवालय बैठक आज पनि, ओली-प्रचण्डको प्रतिवेदनमाथि छलफल हुने

    Print       Email

 

काठमाडौं । सत्तारुढ नेकपाको सचिवालय बैठकल आज पनि बस्दैछ ।

प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो १ बजे बस्ने बैठकमा दुई अध्यक्षको अलगअलग प्रतिवेदनमाथि छलफल हुनेछ ।

जसमा धारणा राख्न बाँकी रहेका सदस्यहरुले आफ्नो धारणा राख्नेछन् । हिजोको बैठकमा अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले आआफ्नो प्रतिवेदनबारे बोलेका थिए ।

आजको बैठकमा प्रतिवेदनमाथि छलफल हुने र भोलि बोलाइएको स्थायी कमिटी बैठकमा पेश गर्ने तयारी छ । ओली पक्षले दुबै प्रतिवेदनमा छलफल पछि फिर्ता लिने र साझा प्रतिवेदन बनाउने कसरत गरेको छ । तर प्रचण्ड पक्षले भने सहमति हुन नसके बहुमतका आधारमा निर्णयमा जाने रणनीति बनाएको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

संसद पुनर्स्थापना हुनु प्रतिगमन हाे: गृहमन्त्री थापा

Read More →