Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

नेकपामा अब प्रचण्ड पार्टी सञ्चालनमा केन्द्रित हुने, ओली सरकार सञ्चालनमा

२६ भदाै,   खबरमञ्चडेस्क,   at 5:22 PM

By   /  September 11, 2020  /  Comments Off on नेकपामा अब प्रचण्ड पार्टी सञ्चालनमा केन्द्रित हुने, ओली सरकार सञ्चालनमा

    Print       Email

काठमाडाैं । लामाे समयकाे रस्साकस्सीपछि अन्ततः सत्तारुढ नेकपाकाे विभाग शक्ति बाँडफाँडमै गएर टुंगिएकाे छ ।

शुक्रबार बसेकाे नेकपा स्थायी कमिटी बैठकले पार्टीका दुई अध्यक्षकाे भूमिका व्याख्या गर्दै साेही अनुसार आगामी दिनमा अघि बढ्ने निर्णय गरेकाे हाे ।

जसअनुसार अब पार्टी सञ्चालनकाे सम्पूर्ण जिम्मासहित अध्यक्ष पुष्पकमल दाहाल कार्यकारी हैसियतमा रहनेछन् भने अर्का अध्यक्ष एवम प्रधानमन्त्री केपी शर्मा ओली सरकार सञ्चालनमा केन्द्रित हुनेछन् ।

बैठकपछि निर्णयबारे सञ्चारकर्मीलाई जानकारी दिँदै पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले भने,’अध्यक्ष प्रचण्ड कार्यकारी अध्यक्षकाे हैसियतमा पार्टी सञ्चालनकाे जिम्मेवारीमा रहने र अर्का अध्यक्ष ओलीजी सरकार सञ्चालनमा केन्द्रित हुने निर्णय भएकाे छ।’

तर ठूला विषयमा भने ओलीले पार्टीमा छलफल गर्नै पर्ने र साेही अनुसार मात्र अघि बढ्न पाउनेछन् ।

यसबाहेक आजकाे स्थायी कमिटी बैठकले  पार्टीको आगामी महाधिवेशन चैत २५ देखि ३० गतेसम्म काठमाडौंमा गर्ने निर्णय बैठकले गरेको छ । याे सँगै नेकपाकाे जारी स्थायी कमिटी बैठक सकिएकाे छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

कृषि अनुसन्धान परिषद् (नार्क)को कार्यकारी निर्देशकमा डा. दीपक भण्डारी नियुक्त

Read More →