Loading...
You are here:  Home  >  विश्व विचित्र  >  Current Article

लण्डनको २४ तले भवनमा आगलागी

जेठ ३०,   खबरमञ्च,   at 10:22 AM

By   /  June 14, 2017  /  Comments Off on लण्डनको २४ तले भवनमा आगलागी

    Print       Email

लण्डन। लण्डनको २४ तले भवनमा आगलागी भएको छ । पश्चिम लण्डनको लाटिमर रोडस्थित टावर ब्लकमा आगो लागेको हो ।

भवनका सबै तलामा आगो फैलिएको दृष्य टेलिभिजन च्यानलहरुले प्रसारण गरेका छन् । बीबीसीका एक सम्बाददाताका अनुसार भवन जलेर ढल्ने खतरा छ ।

लण्डन फायर बि्रगेडका अनुसार आगो निभाउन २ सय दमकल प्रयोग गरिएको छ ।

मानवीय क्षतिको विवरण आएको छैन । तर, स्थानीय प्रहरीका अनुसार मानिसहरुलाई सुरक्षित रुपमा बाहिर निकालिएको छ ।

प्रत्यक्षदर्शीहरुका अनुसार सुरुमा भवनको सबैभन्दा माथिल्लो तलामा चम्किलो प्रकाश देखिएको थियो । सुरुमा यसलाई टर्च लाइटको उज्यालो ठानिएको थियो तर हेर्दाहेर्दै भवनमा आगो फैलियो ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

यी हुन् एकैपटक १० बच्चा जन्माउने महिला

Read More →