Loading...
You are here:  Home  >  कृषि/पशुपालन  >  Current Article

कृषिमन्त्रीलाई लिङदेनकाे प्रश्नः किसानकाे समस्या कहिले समाधान हुन्छ, युरिया मल कहिले आउँछ ?

२९ भदाै,   खबरमञ्च,   at 10:18 PM

By   /  September 14, 2020  /  Comments Off on कृषिमन्त्रीलाई लिङदेनकाे प्रश्नः किसानकाे समस्या कहिले समाधान हुन्छ, युरिया मल कहिले आउँछ ?

    Print       Email

काठमाडाैं । राप्रपा सांसद राजेन्द्र लिङदेनले हरेक वर्षजस्तै मल अभावका कारण किसानले दुःख पाउने श्रृङ्खला यसपटक पनि दाेहाेरिएकाे भन्दै असन्तुष्टि जनाएका छन् ।

साेमबार साँझ एक ट्वीट गर्दै सांसद लिङ्देनले जनताले हरेक वर्ष पाउने गरेकाे दुःख र समस्या समाधानका लागि राज्यका तर्फबाट ठाेस कदम नचालिएकाे भन्दै असन्तुष्टि पाेखेका हुन् ।

रासायनिक मल खरिद प्रक्रिया पुरानै शैलिमा अगाडि बढेकाे भन्दै उनले लेखेका छन्,’रासायनिक मल खरिद प्रक्रिया पुरानै गोलचक्करमा चलेकाे छ । अहिले युरिया मलको देशभरि हाहाकार छ। तर माग अनुसारकाे बस्तु छैन ।  युरिया चाहिएको बेला डिएपील्याइन्छ ,डिएपी चाहिएका बेला युरिया र पोटास।’

कृषिमन्त्री घनश्याम भुसाललाई सम्बाेधन गर्दै  उनले किसानका समस्या जस्ताकाे तस्तै रहेकाे  भन्दै समयमै माग पूर्ति हुने गरी मलखादकाे व्यावस्था गर्न सरकारकाे ध्यानाकर्षण गराएका हुन् ।

अहिले धानको बाला लाग्ने समय भएकाे छ । तर आवश्यक युरिया मल छैन । जसका कारण किसान छन् ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

१५७ वर्षको इतिहासपछि आफ्नै लोगो (ट्रेडमार्क) मा नेपाली अर्थोडक्स चिया निर्यात हुने

Read More →