Loading...
You are here:  Home  >  सम-सामयिक  >  Current Article

प्रधानमन्त्रीलाई लिङदेनकाे प्रश्नः अस्पताल पुगेका विरामीले पनि उपचार नपाएर मर्नु पर्ने ?

२५ साउन,   खबरमञ्च,   at 8:27 PM

By   /  August 9, 2020  /  Comments Off on प्रधानमन्त्रीलाई लिङदेनकाे प्रश्नः अस्पताल पुगेका विरामीले पनि उपचार नपाएर मर्नु पर्ने ?

    Print       Email

काठमाडाैं । राप्रपा सांसद राजेन्द्र लिङ्देनले देशका विभिन्न भागमा उपचार अभावमा नागरिकले ज्यान गुमाउनु परिरहेकाे घट्नाप्रति सरकारकाे गम्भीर ध्यानाकर्षण गराएका छन् ।

माइक्राे ब्लगिङ साइट ट्वीटरमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई मेन्सन गर्दै सांसद लिङ्देनले अस्पताल र डाक्टरले भर्ना र उपचार गर्न नमान्दा वीरगञ्जमा अस्पताल चाहार्दै तीन जनाकाे ज्यान गइसकेकाे घट्ना स्मरण गराउादै गम्भीर ध्यानाकर्षण गराएका हुन् ।

चिकित्सककाे गैरजिम्मेवार हर्कतले देशका अन्य ठाउँमा पनि नागरिकले ज्यान गुमाएकाे भन्दै उनले लेखेका छन्, ‘ @PM_Nepal अस्पताल र डाक्टरले भर्ना र उपचार गर्न नमाने पछि अस्पताल चाहर्दैमा वीरगंजमा ३ जना विरामीको ज्यान गएको समाचार आएको छ। अरू ठाउँमा पनि यसप्रकारको लापर्वाहीबाट कतिले अकालमै ज्यान गुमाएका होलान । अस्पताल पुगेर पनि उपचार नपाएर ज्यान जानु सामान्य कुरा होइन।’

पछिल्लाे समय काेराेना भाइरसका संक्रमितकाे संख्या बढ्दै जाँदा नीजि तथा सरकारी अस्पतालहरुले विभिन्न बहानामा विरामी भर्ना र उपचार गर्न आनाकानी गर्न थालेका छन् । जसका कारण अन्य राेगका विरामीले पनि उपचार अभावमा अकालमा ज्यान गुमाउनु परिरहेकाे छ । गत शुक्रबार  वीरगञ्जका कुनै पनि अस्पतालले भर्ना लिन नमान्दा छपकैया की २० वर्षीय महिलाले टेम्पोमै ज्यान गुमाउनु परेकाे थियाे।

 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

झापामा ४ जनामा कोरोना संक्रमण, ७८ बर्षिय बृद्धमा दिउँसो कोरोना पुष्टि, बिहानै मृत्यु

Read More →