
विर्तामोड। पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा आएका छन्। यति एयरलाइन्सको बिमानमार्फत केहीबेरअघि भद्रपुर विमानस्थलमा अवतरण गरेका ओलीलाई एमाले नेता सुवास नेम्बाङ, व्यवसायी दुर्गा प्रसाईं लगायतले स्वागत गरेका थिए।
विभिन्न कार्यक्रममा सहभागी हुन झापा आएका ओली आज झापामै बस्नेछन्।
झापाको विर्तामोडमा आज बृहत् पार्टी प्रवेश कार्यक्रम छ। एमाले जिल्ला कमिटीका अनुसार ५ सयभन्दा बढी एमालेमा प्रवेश गर्न लागेका छन्। जसमा व्यवसायी दुर्गा प्रसाईँसमेत छन्।
पार्टी प्रवेशको कार्यक्रमपछि मेची क्राउन प्लाजामा केही समय आराम गरेर साँझ अगुवा कार्यकर्तासँग भेटघाटको कार्यक्रम राखिएको ओलीको सचिवालयले जनाएको छ। ओली आज क्राउन प्लाजामै बस्नेछन्।
यस्तै ८ गते पनि दिनैभर ओली झापामा रहनेछन्। उनी क्षेत्र नं ५ का विभिन्न स्थान जाने र साँझ विराटनगर पुग्ने कार्यक्रम रहेकाे छ। ओली ९ गते बिहान काठमाडौं फर्कनेछन्।