Loading...
You are here:  Home  >  सम-सामयिक  >  Current Article

संकटमा परदेशबाट सहयोगः पैसा उठाएर ‘कोरोना किट’ पठाउँदै दक्षिण कोरियामा रहेका नेपालीहरु

१३ चैत,   खबरमञ्चडेस्क,   at 4:15 PM

By   /  March 26, 2020  /  Comments Off on संकटमा परदेशबाट सहयोगः पैसा उठाएर ‘कोरोना किट’ पठाउँदै दक्षिण कोरियामा रहेका नेपालीहरु

    Print       Email

विर्तामाेड । मुलुकमा कोरोना भाइरसको संक्रमण परिक्षण गर्ने किटको अभाव भइरहेका बेला रोजगारीको सिलसिलामा दक्षिण कोरियामा रहेका नेपालीहरूले २ हजार थान किट पठाउने भएका छन् ।

गैरआवासीय नेपाली संघ दक्षिण कोरियाको पहलमा ‘एक नेपाली एक किट’ अभियान सञ्चालन गरेर जुटाएको रकमले किट किनेर पठाउन लागिएको हो ।

रोजगारीका लागि दक्षिण कोरियामा हाल करिब ४० हजार नेपाली छन् । ती मध्ये हाल दुई हजार नेपालीसँग समन्वय गरेर दुई हजार थान किट संकलन गरिसकेको एनआरएन कोरियाका अध्यक्ष यज्ञराज सुवेदीले जानकारी दिए ।

खबरमञ्चसँग कुरा गर्दै उनले भने, “हामीले एक जना बराबर एउटा किट सहयोग गर्न भनेका थियौं । अहिलेसम्म २ हजार किटको बन्दोबस्ति भएको छ । अब यसलाई नेपाल पठाउने तयारी गरिरहेका छौं । ”

सुवेदीका अनुसार नेपालसँग हवाइसेवा रोकिएकाले भोलि शुक्रबार चीन हुँदै नेपाल पठाउने गरि तयारी भइरहेको छ । तर भोलि सम्भव नभए आइतबार चीनबाट सामान लिएर जाने बिमानमा किट पनि पठाउने गरि समन्वय भइरहेको छ ।

३ घण्टामा नमूना परिक्षणको नतिजा देखाउन सक्ने किटको नेपाली मूल्य दुई हजार रुपैयाँ रहेको छ । जसअनुसार पहिलो चरणमा करिब ४० लाख बराबरको किट पठाउन लागिएको हो ।

किटको सम्बन्धमा एनआरएन कोरिया च्याप्टरले केन्द्रीय प्रयोगशालासँग समन्वय गरिरहेको पनि सुवेदीले बताए ।

सरकारको आदेश पालना गरे कोरोनाबाट बच्न सकिन्छ

कोरोना भाइरसको संक्रमणबाट दक्षिण कोरियामा हालसम्म १३१ जनाको मृत्यु भइसकेको छ भने करिब दश हजार संक्रमित छन्  ।

एनआरएन कोरिया च्याप्टरका अध्यक्ष यज्ञराज सुवेदी ।

तर कोरिया सरकारले बेलैमा सचेतता अपनाएका कारण धेरै क्षति व्यहोर्नु नपरेको सुवेदीको भनाइ छ । यद्दपी त्यहाँ पनि शिक्षण संस्थाहरू भने बन्द छन् ।

सुवेदीका अनुसार हाल नेपाल सरकारले जारी गरेका आदेशहरूको पालना गरे मात्र पनि कोरोना भाइरसको संक्रमणबाट बच्न सकिन्छ ।

उनी भन्छन्, ” हुन त यहाँ पनि अवस्था ठिक छैन । तर पहिलाको जस्तो पनि छैन । यहाँ सबै कुरा सिस्टम अनुसार चलेको छ । सिस्टमको पालना गर्यौँ भने नेपालमा पनि कोरोना संक्रमणबाट  सहजै बच्न सकिन्छ । त्यसका लागि सरकारले भनेकोचैँ मान्नु पर्छ ।”

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

आइतबार राति ९ बजे घरका विजुली निभाएर दियोलगायत बत्ती बाल्न भारतीय प्रम मोदीको आग्रह

Read More →