Loading...
You are here:  Home  >  समाज  >  Current Article

झापाकाे कचनकवलमा १४ वर्षीया किशाेरीकाे शंकास्पद मृत्यु, हत्या भएकाे आशंका

७ फागुन,   एलिना भट्टराई,   at 9:56 PM

By   /  February 19, 2020  /  Comments Off on झापाकाे कचनकवलमा १४ वर्षीया किशाेरीकाे शंकास्पद मृत्यु, हत्या भएकाे आशंका

    Print       Email

भद्रपुर । झापाको कचनकवलमा मृत अवस्थामा भेटिएकी किशोरीको हत्या भएको हुन सक्ने भन्दै स्थानीयले निष्पक्ष छानविनकाे माग गरेका छन् ।

गत सोमबार कचनकवल गाउँपालिका २ हदर्सभिट्टास्थित एक चिया बगानमा स्थानीय १४ वर्षीया विष्णुमाया कार्की  मृत अवस्थामा भेटिएकी थिइन् ।

फागुन ३ गते शनिबारदेखि हराइरहेकी लक्ष्मी देवकोटा मावि, सुकुनाडाँगीको कक्षा ६ मा अध्ययनरत्  कार्कीको झुण्डिरहेको अवस्थामा शव भेटिएको थियो । शव देख्नासाथ स्थानीयले प्रहरीलाई खबर गरेका थिए  ।

तर कार्कीको शव शंकास्पद देखिएको भन्दै स्थानीयवासिन्दाले भने हत्याको आशंका गरेका छन् । स्थानीय शिक्षक नवीन ढुंगानाले शवको प्रकृति हेर्दा शंकास्पद देखिएको भन्दै हत्या हुन सक्ने आशंका व्यक्त गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा उसले लेखेका छन्, ‘विष्णुमाायाको परिवार छोरीले आत्माहत्या गरेको कुरा स्वीकार्दैन् अथात् हत्याको शंकामा छ । यो घटना स्थानीय अभिभावकहरूसँग बुझ्दा निकै शंकास्पद र रहस्यमय छ । आत्माहत्याको प्रकृति हेर्दा पनि केही न केही शंका गर्ने ठाउँ छ।’

परिवारको आर्थिक अवस्था पनि निकै कमजोर रहेको भन्दै उनले घट्नाको सत्य तथ्य पत्ता लगाइ परिवारलाई न्याय दिन पनि उनले तीनै तहको सरकारसंग माग गरेका छन्।

यता झापा प्रहरी प्रमुख एसपी कृष्ण कोइरालाले भने मृतकको साथबाट कुनै सुसाइड नोट नभेटिएको भन्दै घट्ना आत्महत्या हो या हत्या भन्नेबारे पोष्टमार्टम रिपोर्टलेनै बताउने बताए  । अहिले शवलाई पोष्टमार्टमका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।

एसपी कार्कीका कोइरालाका अनुसार बिर्तामोडको विएण्डसी हस्पिटलबाट लगिएको फरेन्सिक विज्ञको टोलीले भने मृतकको शरीरमा कुनै चोटपटक वा घाउको निशान नभेटिएको बताइसकेको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

गोरू काटेर खाएको आरोपमा अर्जुनधारा झापाका तीन जना पक्राउ

Read More →