Loading...
You are here:  Home  >  शिक्षा  >  Current Article

हिमाली माविकाे प्रधानाध्यापकमा दीपक दाहाल नियुक्त

५ असाेज,   खबरमञ्च,   at 10:04 PM

By   /  September 21, 2020  /  Comments Off on हिमाली माविकाे प्रधानाध्यापकमा दीपक दाहाल नियुक्त

    Print       Email

विर्तामाेड । झापाकाे भद्रपुर १ मा अवस्थित श्री हिमाली माध्यामिक विद्यालयकाे प्रधानाध्यापकमा दीपक दाहाल नियुक्त भएका छन् ।

लामाे समयदेखि विद्यालयमा नेपाली शिक्षकमा रुपमा प्राध्यापन गराउँदै आएका दाहाललाई विद्यालय व्यवस्थापन समितिले प्रधानाध्यापकमा नियुक्त गरेकाे हाे ।

दाहाललाई विद्यालय विकास प्रस्ताव र व्यक्तिगत विवरणका आधारमा तीन सदस्यीय मुल्याङ्कन समितिकाे सिफारिमा विद्यालय व्यवस्थापन समितिले नियुक्त गरेकाे हाे  । दाहालले दाहालले पाठ्यक्रम र मूल्याङ्कन विषयमा स्नातकाेत्तर गरेका छन् ।

खबरमञ्चसँगकाे कुराकानीमा नवनियुक्त प्रधानाध्यापक दाहालले आफ्नाे पाँच वर्षे कार्यकालमा विद्यालयलाई झापा जिल्लाकै नम्बर १ विद्यालय बनाउन लागिपर्ने बताएका छन् । यसबाहेक पाँच वर्षभित्र हाल रहेकाे विद्यार्थीसंख्या पचास प्रतिशतले बढाउने उनकाे याेजना छ । अहिले विद्यालयमा ७ सय भन्दा बढी विद्यार्थी अध्यनरत छन् ।

यसबाहेक हरेक वर्ष एक प्रतिशतले सिकाइ उपलब्धि बृद्धि गर्ने पनि दाहालकाे लक्ष्य छ ।

शिक्षण पेशाबाहेक सामाजिक कार्यमा पनि रुची राख्ने दाहाल विभिन्न सामाजिक संघ संस्थामा पनि आवद्ध छन्  ।

विद्यालयमा ९ कक्षासम्म अंग्रेजी माध्यममा समेत पठन पाठन हुने गरेकाे छ भने केही वर्षयता कक्षा ९ देखि १२ सम्म प्राविधिक र व्यवासायिक दक्षताका लागि भन्दै  प्राविधिक विषयकाे पनि पठन पाठन हुँदै आएकाे छ । विद्यालयमा सीमावर्ती भारतबाट पनि विद्यार्थीहरु आउने गरेका छन् ।

विसं २०२७  सालमा स्थापना भएकाे हिमाली मावि झापाका ८ नमूना विद्यालयमध्ये एक विद्यालयका पनि हाे ।

 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

डा. केसीसंग सरकारले शुरु गर्यो वार्ता

Read More →