Loading...
You are here:  Home  >  सम-सामयिक  >  Current Article

कर्मचारीकाे मात्र हाेइन, राष्ट्रपति र प्रधानमन्त्रीकाे पनि तलब कटाैति गरियाेस्ः संग्राैला

१९ जेठ,   खबरमञ्च,   at 8:24 PM

By   /  June 1, 2020  /  Comments Off on कर्मचारीकाे मात्र हाेइन, राष्ट्रपति र प्रधानमन्त्रीकाे पनि तलब कटाैति गरियाेस्ः संग्राैला

    Print       Email

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसकी सांसद डा. डिला संग्रौला पन्तले  बजेटमा मितब्ययिता अपनाउन खाेजेका अर्थमन्त्री डा. युवराज खतिवडालाई राष्ट्रपति र प्रधानमन्त्रीको पनि तलब कटौती गर्न माग गरेकी छिन् ।

सोमबार प्रतिनिधिसभाको बैठकमा बजेटमाथि टिप्पणी गर्दै उनले कर्मचारीको भत्ता काट्ने अर्थमन्त्रीलाई राष्ट्रपति, प्रधानमन्त्री र मुख्य ब्यक्तिहरुको तलब पनि काट्न माग गरिन् ।

बजेटले विभेद गरेको भन्दै उनले भनिन्, ‘हामीले बजेटमा मितब्ययितता गरेको भन्दै भत्ता कटौती पनि गरिएको छ । तर यो मुलुकको प्रधानमन्त्री, राष्ट्रपति, प्रमुख ब्यक्तिको भत्ता कतौटी गर्नु पर्छकि पर्दैन ? प्रतिपक्षी दलले यो सांसद विकास कोष कोरोना रोकथाम कोषमा ल्याउभन्दा अर्थमन्त्रीले आँखा चिम्लनुभएको छ ।’

यसबाहेक उनले बजेट जनउत्तरदायी भन्दा पनि कार्यकर्ताप्रति उत्तरदायी रहेको भन्दै विनियोजित विधेयकमाथि विश्वास गर्ने र त्यसकाे कार्यान्वयनकाे पाटाेमा ढुक्क हुने ठाउँ नरहेकाे बताइन् ।

कांग्रेसकाे छायाँ सरकारकी श्रममन्त्री समेत रहेकी संग्राैलाले  ४५ लाखभन्दा बढी विदेशमा रहेका नेपालीले पठाएको रेमिट्यान्सले मुलुक चलेपनि अहिले उनीहरुको राहतका लागि अर्थमन्त्रीले बजेटमा विशेष कार्यक्रम नल्याएको प्रतिन पनि गुनासाे गरिन् ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

२४ घन्टामा सर्वाधिक ६६४ जना सङ्क्रमणमुक्त, निको हुनेको संख्या ५३२० पुग्यो

Read More →