Loading...
You are here:  Home  >  शिक्षा  >  Current Article

काेराेनाकाे जाेखिम कायम छ, विद्यालय खाेल्न सकिँदैनः शिक्षामन्त्री पाेखरेल

१० असाेज,   खबरमञ्च,   at 12:45 PM

By   /  September 26, 2020  /  Comments Off on काेराेनाकाे जाेखिम कायम छ, विद्यालय खाेल्न सकिँदैनः शिक्षामन्त्री पाेखरेल

    Print       Email

काठमाडाैं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले काेराेना भाइरस संक्रमणकाे त्रास बाँकी नै रहेकाे भन्दै तत्काल विद्यालय खाेल्न सकिने अवस्था नरहेकाे बताएका छन् ।

शिक्षा पत्रकार समाजले शनिबार आयोजना गरेको ‘वैकल्पिक सिकाइको कार्यान्वयनमा सञ्चारमाध्यमको भूमिका’ विषयक भर्चुअल छलफलमा बाेल्दै शिक्षामन्त्री पाेखरेलले काेराेना जाेखिम बाँकी रहेकाे भन्दै तत्काललाई वैकल्पिक सिकाइ प्रणालीलाई नै प्राथमिकता दिनु पर्ने बताए ।

विद्यालय खाेलिसकेपछिकाे अवस्थामा एक जनामा पनि संक्रमण देखिए त्यसले ठूलाे खतरा निम्तिने र नियन्त्रण गर्न पनि कठिन हुने भन्दै भाैतिक उपस्थितिसहितकाे पठन पाठन तत्काल नगर्न आग्रह गरे ।

मन्त्री पोखरेलले न्यूनतम सिकाइको सुनिश्चितका लागि सरकारले आकस्मिक कार्ययोजना ल्याई यही असोजको पहिलो साताबाट कार्यान्वयन सुरु गरिसकेकाले सबै स्थानीय तहका सम्बन्धित विद्यालयमा शिक्षकहरुलाई अनिवार्य पुग्नका लागि निर्देशन गरिएको जानकारी दिए ।

विद्यार्थी र स्वयम शिक्षकहरु पनि विभिन्न ठाउँमा रहेकाे अवस्थालाई दृष्टिगत गर्दै सामुदायिक विद्यालयमा निःशुल्क र निजी विद्यालयमा सहुलियत रुपमा क्लोज युनिट ग्रुप (सियुजी) मा आबद्ध गराई सञ्चार सहजता बढाइएको उनकाे भनाइ छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

डा. केसीसंग सरकारले शुरु गर्यो वार्ता

Read More →