Loading...
You are here:  Home  >  विचार / ब्लग  >  Current Article

काेराेना जन्तरका बारेमा के भन्छन् जनस्वास्थ्यविद् ?

१३ असार,   डा. रवीन्द्र पाण्डे (जनस्वास्थ्य विज्ञ),   at 10:09 AM

By   /  June 27, 2020  /  Comments Off on काेराेना जन्तरका बारेमा के भन्छन् जनस्वास्थ्यविद् ?

    Print       Email

जापानको एउटा कम्पनीले क्लोरिन डाइअक्साइड प्रोड्युसर, ग्यास स्टेइन रिलिज एजेन्ट, ब्याम्बो कार्बनजस्ता रसायनहरू राखेर घाँटीमा झुन्ड्याउने परिचय पत्रजस्तो डिभाइस ३–४ महिना पहिले निकालेको थियो ।

यसलाई जापान, हङकङ, चीन, भियतनाम, अरबका देशहरु लगायत धेरै देशमा प्रयोग गरिंदै आएको छ । जसरी ओडोमस वा धुप लगाउँदा लामखुट्टे भाग्दछन् त्यसै गरि यो घाँटीमा झुन्ड्याउदा एलर्जी गराउने तत्व, ब्याक्टेरिया तथा भाइरस भाग्छन् भन्ने कन्सेप्ट राखेर यो कार्ड बनाइएको हो । यो कार्डले ३० दिन काम गर्ने तथा ५० सेमी वरिपरी काम गर्ने कम्पनीले जनाएको छ । त्यस्तै यसले बिरामी, जेष्ठ नागरिक, बालबालिका र इम्युनिटी पावर कम भएका व्यक्तिलाई उपयोगी हुन्छ भनेर उत्पादक कम्पनीले उल्लेख गरेको छ । हङकङका भाइरोजिष्ट तथा इम्युनिलोजिष्ट डा। एरिन डेविडसनले भनेका छन् यो पुरै भ्रम हो, यसले स्वासप्रस्वासजन्य भाइरसबाट सुरक्षा गर्दैन ।

डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ ।

यसको अध्ययन गर्दा मेरो के निष्कर्ष छ भने यसले कोरोना संक्रमण रोक्न कुनैपनि काम गर्दैन । नाक तथा मुखको नजिक राख्दा यसमा भएको क्लोरिन डाइअक्साइडले आँखा, छाला तथा स्वाश्प्रश्वासमा गम्भीर असर गर्न सक्दछ । क्लोरिन डाइअक्साइड भूँई, टेबुल आदि सफा गर्न प्रयोग गरिन्छ । यसलाई अनुहारको नजिक ल्याउनु हुँदैन । यसलाई भियतनाम लगायतका देशमा प्रतिबन्ध लगाइएको छ ।

यसको प्रयोग गर्ने व्यक्तिमा फल्स प्रोटेक्सन अर्थात गलत रुपमा सुरक्षित महसुस हुने भएकोले प्रयोगकर्ताले सुरक्षा सतर्कता नअपनाउने खतरा हुन्छ । जसले गर्दा कोरोना संक्रमण सर्ने जोखिम बढ्दछ । कोभिड १९ को कुनैपनि औषधि तथा खोप नभएको समयमा मान्छेको भावनालाई क्यास गर्न बिभिन्न कम्पनीले समयसमयमा ल्याउने उपभोग्य वस्तुमा हामीले विश्वास गरेर प्रयोग गरिहाल्नु हुँदैन ।

चीनको कम्पनीले पनि निकालेको यो कार्डको निर्यातकर्ताले नेता तथा सभासदलाई उपलब्ध गराएर निशुल्क रुपमा ठूलो विज्ञापन गर्न सफल भएको छ । संसद भवन वरिपरी बेच्न राख्नुको अर्थ बुझ्न केहि गाह्रो छैन ।

यो कार्ड धेरै जनाले लगाएर बन्द कोठाभित्र बैठक गर्दा यसको घनत्व उच्च भएर बैठकमा सहभागी अधिकांश व्यक्तिलाई असर गर्न सक्ने सम्भावना धेरै हुन्छ । तसर्थ बैज्ञानिक पुष्टि र अनुसन्धानबिना यसको प्रयोग नगरौं ।

 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

थप २०४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि, सङ्क्रमित १६१६८ पुगे

Read More →