Loading...
You are here:  Home  >  स्वास्थ्य
Latest

थप ५२५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि

By   /  August 13, 2020  /  Featured, सम-सामयिक, स्वास्थ्य  /  No Comments

विर्तामोड । नेपालमा थप ५२५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.  जागेश्वर गौतमले गएको २४ घन्टामा थपिएका सङ्क्रमितसंगै जम्मा सङ्क्रमितको संख्या २४ हजार ९ सय ५७ पुगेको छ। सक्रिय संक्रमितको संख्या ८ हजार २५ रहेको छ। पछिल्लो २४ घण्टामा थप १०९ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्केका छन्। […]

Read More →
Latest

झापा विर्तामोडकी एक महिलासहित प्रदेश १ मा ११५ जनामा कोरोना भाइरसको सङ्क्रमण

By   /  August 13, 2020  /  Featured, सम-सामयिक, स्वास्थ्य  /  No Comments

विराटनगर । झापाको विर्तामोड नगरपालिकाकी एकजना महिलामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ। केही दिन अघि भारतबाट आएकी ती महिलालाई सङ्क्रमण देखिएको हो। प्रदेश १ मा बिहीबार एक सय १५ जनामा संक्रमण पुष्टि भएको छ । प्रदेश १ को राजधानी विराटनगरमा एकै दिन ६० जना नयाँ कोरोना संक्रमित थपिएका छन्। जसमा २२ महिला र ३८ पुरुष […]

Read More →
Latest

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड १९ अस्पताल सचालनमा

By   /  August 13, 2020  /  सम-सामयिक, स्वास्थ्य  /  No Comments

धरान । लामो सयमदेखि उद्घाटन भएर पनि संचालनमा नआएको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड १९ अस्पताल सचालनमा आएको छ । कोभिड १९ का बिरामीको सङ्ख्या दिनानु दिन वृद्धि भइरहेको अवस्थामा कोभिड १९ अस्पतालमा समेत कोरोना संक्रमित बिरामी राख्न थालिएको बुधबार प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले एक विज्ञप्ति जारी गरि जानकारी दिएका छन् । कोरोना […]

Read More →
Latest

कोरोना संक्रमण भएको आंशकामा सर्वोच्च अदालतका दुई न्यायाधीश सेल्फ आइसोलेसनमा

By   /  August 13, 2020  /  सम-सामयिक, स्वास्थ्य  /  No Comments

काठमाडौं । सर्वोच्च अदालतका दुईजना न्यायाधीश कोरोना संक्रमण भएको आंशकामा सेल्फ आइसोलेसनमा बसेका छन्। बुधबार दिउँसोसम्म नियमित इजलास हेरेका न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयाल साँझदेखि आइसोलेसनमा बसेका हुन्। गत साउन २२ गतेसम्म आफ्नो सुरक्षामा खटिएका अंगरक्षकको २६ गते लिइएको स्वाबबाट बुधबार कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि आफू घरमै आइसोलेसनमा बसेको न्यायाधीश खतिवडाले बताए। यसअघि, […]

Read More →
Latest

‘उद्याेग/व्यवसायमा संलग्नकाे अनिवार्य रुपमा पिसिआर विधिबाट काेराेनाकाे जाँच गराउनु’

By   /  August 12, 2020  /  सम-सामयिक, स्वास्थ्य  /  No Comments

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हाल सञ्चालनमा रहेका उद्याेग,व्यवसायमा संलग्नकाे अनिवार्य रुपमा पिसिआर विधिबाट काेराेनाकाे जाँच गराउन भनेकाे छ। स्वास्थ्यले बुधबार सूचना जारी गरी सपिङ मल, रेस्टुरेन्ट, हाेटलसहित उद्याेग, व्यवसायमा संलग्नकाे अनिवार्य पिसिआर गराउन भनेकाे हाे। मन्त्रालयका सहायक प्रवक्ता डा समीरकुमार अधिकारीद्वारा जारी सूचना अनुसार ती व्यवसायमा संलग्न व्यक्ति धेरैकाे सम्पर्कमा आउने भएकाले काेराेनाकाे जाेखिम बढी छ। तसर्थ  ती […]

Read More →
Latest

झापाको मेचीनगर भदौ ३ गतेसम्मका लागि लकडाउन

By   /  August 12, 2020  /  सम-सामयिक, स्वास्थ्य  /  No Comments

विर्तामोड । मेचीनगर नगरपालिकाले बुधबार राति १२ बजेदेखि आगामी भदौ ३ गतेसम्मका लागि लकडाउन गर्ने निर्णय गरेको छ। मेचीनगर नगरपालिकाले कोभिडको संक्रमण समुदायमा फैलिन थालेपछि संक्रमण रोग ऐन २०२० को दफा २ अनुसार एक हप्तालाई लकडाउन गर्ने निर्णय गरिएको नगरपालिकाका प्रमुख विमल आचार्यले बताए। भोलिदेखि दूध डेरी, सागसब्जी र खाद्यान्नका पसलहरु बिहान ८ देखि १० […]

Read More →