घनश्याम भुसाल चढेको गाडी दुर्घटना

काठमाडौँ। नेकपा एकीकृत समाजवादीका नेता घनश्याम भुसाल चढेको गाडी नयाँ बानेश्वरमा दुर्घटना भएको छ। भुसाल सवार गाडी शुक्रबार ११:३० बजे सडक छेउको डिभाइडरमा ठोक्किएर दुर्घटनामा परेको उनका सहयोगी गौतम राईले बताए। “उहाँ आफैँ गाडी चलाएर पार्टी कार्यालय गइरहनुभएको थियो। अचानक रिँगटा लागेपछि गाडी साइड लगाउने क्रममा डिभाइडरमा ठोक्किएको हो,” राईले भने, “अहिले निजामती कर्मचारी अस्पतालमा उपचार […]
Read More →सन्दीप लामिछानेको मुद्दामा सर्वोच्च अदालतद्वारा कैफियत प्रतिवेदन माग

काठमाडौं । नेपाली क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेको मुद्दामा सर्वोच्च अदालतले कैफियत प्रतिवेदन माग गरेको छ । शुक्रबार न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले कैफियत प्रतिवेदन माग गर्ने आदेश दिएको हो । लामिछानेलाई २० लाख धरौटीमा छाड्ने उच्च अदालत पाटनका आदेशविरुद्धको निवेदनमा न्यायाधीश फुयालको इजलासमा सुनुवाइ भएको थियो । प्रारम्भिक सुनुवाइपछि फुयालको एकल इजलासले उच्च […]
Read More →सन्दीप लामिछानेको मुद्दा न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासमा सुनुवाइ हुँदै

काठमाडौं । नेपाली क्रिकेट टिमका पुर्वकप्तान सन्दीप लामिछानेलाई थुनामा राख्न माग गर्दै सर्वोच्च अदालतमा दायर भएको रिटमा आज सुनुवाइ हुँदै छ । लामिछानेको मुद्दा न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासमा सुनुवाइ हुने भएको छ । सर्वोच्चमा शुक्रबार हुने सुनुवाई न्यायाधी फुयाँलको इजलासमा तोकिएको हो । लामिछानेलाई धरौटीमा छाड्ने उच्च अदालतको आदेशविरुद्ध महान्यायाधिवक्ता कार्यालय सर्वोच्च अदालत गएको […]
Read More →श्रममन्त्री अर्याल र मलेसियाका गृहमन्त्रीबीच भेटवार्ता

काठमाडौँ। मलेसियाका गृहमन्त्री सैफुदिन नासुसन र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालबीच भेटवर्ता भएको छ। मलेसियाली गृहमन्त्री नासुसन र श्रममन्त्री अर्यालबीच अहिले काठमाडौंको एक होटलमा भेटवार्ता जारी छ। तीनदिने नेपाल भ्रमण आएका गृहमन्त्री नासुसनले आज उच्चस्तरीय भेटघाट गर्दै छन्।
Read More →सन्दीप लामिछानेलाई थुनामै राख्न दर्ता भएको पुनरावलोकन निवेदनमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदै

काठमाडौं । नाबालिकामाथि बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेलाई थुनामै राख्नुपर्ने माग राख्दै सर्वोच्च अदालतमा दायर भएको पुनरावलोकन निवेदनमाथि आज सुनुवाइ हुँदैछ। सन्दीपलाई २० लाख धरौटीमा रिहा गर्ने उच्च अदालत पाटनको आदेशविरुद्ध महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्चमा पुनरावलोकन निवेदन दायर गरेको थियो। उक्त निवेदनमाथि शुक्रबार सुनुवाइ हुने भएको हो। नाबालिग भनिएकी एक किशोरीलाई बलात्कार गरेको आरोप लामिछानेमाथि छ। […]
Read More →अध्यागमन विभागको सर्भर डाउन, त्रिभुवन विमानस्थलमा उडान/अवतरण बन्द

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन विभागको सर्भर डाउन हुँदा १ घण्टा भन्दा बढी समयदेखि विमान उडान र अवतरण बन्द भएको छ । अहिले त्रिभुवन विमानस्थलबाट उड्नुपर्ने जहाज र यहाँ अवतरण हुने जहाज दुवै रोकिएको त्रिभुवन विमानस्थल नागरिक उड्डयन कार्यालयले जनाएको हाे । आन्तरिक र अन्तर्राष्ट्रिय उडानका यात्रुहरु विमानस्थलमा नै अलपत्र परेका छन् । गृह […]
Read More →