एन्फा अध्यक्षमा पंकज नेम्बाङ निर्वाचित

काठमाडौं । नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ एन्फाको अध्यक्षमा पंकज विक्रम नेम्बाङ विजयी भएका छन्। सोमबार काठमाडौंमा सम्पन्न एन्फाको २१ औं साधारण सभाबाट नेम्बाङ ४५ मतसहित विजयी भएका हुन्। उनले निकटतम प्रतिस्पर्धी कर्मा छिरिंग शेर्पालाई ६ मतको अन्तरले पराजित गरे। पराजित शेर्पाले ३९ मत पाएका छन्।
Read More →मलेसियामा जारी एसीसी महिला टी ट्वान्टी च्याम्पियनसिपमा कुवेतमाथि नेपालको जित

काठमाडौं । मलेसियामा जारी एसीसी महिला टी ट्वान्टी च्याम्पियनसिपमा नेपालले कुवेतमाथि जित निकालेको छ । शनिबार कुवेतलाई २५ रनले हराउँदै नेपालले लगातार दोस्रो जित निकालेको हो । किनरारा ओभलमा नेपालले दिएको १०८ रनको लक्ष्य पछ्याएको कुवेतले २० ओभरमा ७ विकेट गुमाएर मात्र ८२ रन बनाउन सक्यो । कुवेतका लागि प्रियादा मुरालीले ३१ रनको योगदान गरिन् । […]
Read More →आइसिसी विश्वकप क्रिकेट लिग-२ मा नेपालद्वारा ओमान पराजित

काठमाडाैँ । आइसिसी विश्वकप क्रिकेट लिग-२ मा नेपालले ओमानलाई सहजै पराजित गरेको छ। अमेरिकाको टेक्सासस्थित मोसा क्रिकेट मैदानमा केहीबेरअघि सम्पन्न खेलमा नेपालले ओमानलाई सात विकेटले पराजित गरेको हो। ओमानविरुद्धको खेलमा नेपालका करन केसीले उत्कृष्ट बलिङ गर्दै एक्लैले पाँच विकेट लिएपछि जित सहज बनेको हो। ओमानले टस जितेर पहिला ब्याटिङ रोजेको थियो। ओमानले ४६ दशमलव पाँच […]
Read More →लगातार दोस्रो हारसँगै एएफसी एसियन कप २०२३ मा छनोट हुने नेपालको सम्भावना सकियो

काठमाडौं । लगातार दोस्रो हारसँगै एएफसी एसियन कप २०२३ मा छनोट हुने नेपालको सम्भावना सकिएको छ । शनिबार राति कुवेत सिटीस्थित जवर अल अहमाद अन्तर्राष्ट्रिय मैदानमा नेपाल कुवेतसँग ४–१ अन्तरले पराजित भएको हो । यसअघि नेपाल पहिलो खेलमा जोर्डनसँग २–० ले पराजित भएको थियो । यस खेलसँगै नेपाल समूह ए मा दुई खेलबाट विना कुनै अंक […]
Read More →‘सी’ डिभिजन लिग च्याम्पियन झापा फुटबल क्लबका खेलाडी तथा अफिसियललाई सम्मान गरिने

बिर्तामोड । सहिद स्मारक ‘सी’ डिभिजन लिग च्याम्पियन बनेको झापा फुटबल क्लबका खेलाडी तथा अफिसियललाई झापा गोल्ड कपले नगदसहित सम्मान गर्ने भएको छ । बिहीबार बसेको झापा गोल्ड कपको बैठकले सो निर्णय गरेको हो । गोल्ड कपका अध्यक्ष विनोद बस्नेतका अनुसार क्लबका खेलाडी तथा अफिसियललाई पुरस्कारस्वरुप जनही ११ हजार रुपैयाँ प्रदान गरिनेछ । जेठ २० […]
Read More →‘लिग टू’ अन्तर्गत नेपालले आज ओमानसँग खेल्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत नेपाल, अमेरिका र ओमान सम्मिलित त्रिकोणात्मक शृंखलामा नेपालले आज ओमानसँग पहिलो खेल खेल्दैछ । बुधबारदेखि सुरु भएको श्रृंखलामा ओमान पहिलो खेलमा घरेलु टोली अमेरिकासँग ११४ रनले पराजित भएको थियो । पर्लयाण्डस्थित मोसा क्रिकेट स्टेडियममा ओमानले पहिलो खेल खेलिसक्दा नेपाल भने त्यही टिमसँग आफ्नो पहिलो खेल खेल्न लाग्दैछ […]
Read More →