बङ्गलादेशबाट युरिया मल खरिद गरेर ल्याउने सम्झौता, ५० हजार मेट्रिक टन ल्याइने

काठमाडौं । बङ्गलादेशबाट ५० हजार मेट्रिक टन युरिया मल खरिद गर्न दुई देशका सरकारी कम्पनीबीच बिहीबार सम्झौता भएको छ । नेपालका तर्फबाट कृषि सामग्री कम्पनी लिमिटेड र बङ्गालादेश केमिकल इन्डष्ट्रिज कसर्पोरेसनबीच सम्झौतापत्रमा हस्ताक्षर भएको बङ्गलादेशस्थित नेपाली राजदूत बंशीधर मिश्रले जानकारी दिए। मल खरिदको सम्झौतामा नेपालको तर्फबाट कृषि सामग्री कम्पनीका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारी र बङ्गलादेशकोतर्फबाट […]
Read More →विगत वर्षको तुलनामा यस वर्ष अन्तिम सिजनको चिया उत्पादन बढ्यो

इलाम । विगत वर्षको तुलनामा यस वर्ष अन्तिम सिजनको चिया उत्पादन बढेको किसानले बताएका छन्। यस वर्षको अन्तिम सिजनमा मौसम अनुकूल भएकाले चियाको उत्पादन बढेको किसानको भनाइ छ। गएको वर्ष जस्तो पानी नपरेको र चिया पलाउन सहज भएकाले अपेक्षाकृत उत्पादन बढेको हो। उत्पादनसँगै चियाको मूल्यसमेत केही हदसम्म उच्च पाउन थालेपछि किसानको चियाप्रतिको वितृष्णासमेत घटेको छ। प्राय […]
Read More →विर्तामोड नगरपालिकाले मरेका तथा विषादी प्रयोग गरिएका माछाको बिक्रीमा रोक लगायो

बिर्तामोड । बिर्तामोड नगरपालिकाले नगरक्षेत्रभित्र विषादी प्रयोग गरिएका र मरेका माछा बिक्री वितरणमा रोक लगाएको छ । नगरकार्यपालिकाको बिहीबार बसेको बैठकले बिर्तामोडलाई विषादीमुक्त नगर बनाउने अभियानअन्तर्गत यस्तो निर्णय गरेको हो । नगर प्रमुख ध्रुवकुमार शिवाकोटीका अनुसार बिर्तामोड नगरभित्र विषादी प्रयोग गरिएका र बरफमा राखिएका मरेका माछा बिक्री वितरण गर्न पूर्ण रुपमा रोक लगाइएको छ । नगरपालिकाले […]
Read More →इजरायली कृषि प्रविधि भित्र्याउनेसम्बन्धी समझदारीपत्रमा नेपाल र इजरायलबीच हस्ताक्षर

काठमाडौं । नेपालमा इजरायली कृषि प्रविधि भित्र्याउन कृषि केन्द्र स्थापना गर्नेसम्बन्धी समझदारीपत्रमा नेपाल र इजरायलबीच इजरायली परराष्ट्र मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच बुधबार हस्ताक्षर सम्पन्न भएको छ। सो समझदारीपत्रमा नेपालको तर्फबाट ईजरायलका लागि नेपाली राजदूत डा. अन्जान शाक्य र इजरायलको तर्फबाट इजरायली परराष्ट्रमन्त्री गाबी अश्कानजीले हस्ताक्षर गरेका हुन् । समझदारीपत्रमा हस्ताक्षर भएसँगै नेपालमा कृषि पूर्वाधार […]
Read More →१५७ वर्षको इतिहासपछि आफ्नै लोगो (ट्रेडमार्क) मा नेपाली अर्थोडक्स चिया निर्यात हुने

फिक्कल । नेपाल चिया उत्पादन शुरु भएको १५७ वर्षको इतिहासपछि आफ्नै लोगो (ट्रेडमार्क) मा नेपाली अर्थोडक्स चिया निर्यात हुने भएको छ। ‘नेपाल टी क्वालिटी फ्रम द हिमालयाज’ लोगो अङ्कित चिया अब विश्व बजारमा निर्यात हुने राष्ट्रिय चिया तथा कफी विकास बोर्डले जनाएको छ। मंगलबार इलामको फिक्कलमा आयोजित सभामा कृषिमन्त्री घनश्याम भुसालले १२ वटा चिया उद्योग […]
Read More →कृषिमन्त्रीलाई लिङदेनकाे प्रश्नः किसानकाे समस्या कहिले समाधान हुन्छ, युरिया मल कहिले आउँछ ?

काठमाडाैं । राप्रपा सांसद राजेन्द्र लिङदेनले हरेक वर्षजस्तै मल अभावका कारण किसानले दुःख पाउने श्रृङ्खला यसपटक पनि दाेहाेरिएकाे भन्दै असन्तुष्टि जनाएका छन् । साेमबार साँझ एक ट्वीट गर्दै सांसद लिङ्देनले जनताले हरेक वर्ष पाउने गरेकाे दुःख र समस्या समाधानका लागि राज्यका तर्फबाट ठाेस कदम नचालिएकाे भन्दै असन्तुष्टि पाेखेका हुन् । रासायनिक मल खरिद प्रक्रिया पुरानै […]
Read More →