Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

असाेज ५ गतेबाट लामाे दुरीका यातायात र आन्तरिक हवाइ उडान सुचारु हुने

२९ भदाै,   खबरमञ्च,   at 9:28 PM

By   /  September 14, 2020  /  Comments Off on असाेज ५ गतेबाट लामाे दुरीका यातायात र आन्तरिक हवाइ उडान सुचारु हुने

    Print       Email

काठमाडाैं । गएकाे चैत ११ गतेदेखि बन्द रहेका लामाे दूरीका सार्वजनिक यातायात असाेज ५ गतेदेखि सञ्चालनमा आउन पाउने भएका छन् ।

साेमबार साँझ बसेकाे मन्त्रीपरिषद्काे बैठकले असाेज ५ गतेबाट लामाे दूरीका यातायात सञ्चालन खुला गर्ने निर्णय गरेकाे हाे ।

यसबाहेक मन्त्रीपरिषद् बैठकले आन्तरिक हवाई उडान पनि असोज ५ गतेबाट खुला गर्ने निर्णय गरेको छ ।

यसअघि पटक पटक आन्तरिक हवाइ उडान सुचारु गर्ने भनिएपनि संक्रमितकाे संख्या बढ्दै जाँदा सुरु हुन सकेकाे थिएन ।

काेराेना संक्रमणकाे बढ्दाे त्रासलाई ध्यानमा दिँदै आवश्यक स्वास्थ्य सावधानी अपनाउँदै यी दुवै सेवा सुचारु गर्ने निर्णय गरिएकाे पर्यटन मन्त्री याेगेश भट्टराईले बताए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

अग्रपंतिमा खटिएका सैनिक काेराेनाकाे उच्च जाेखिममा, हालसम्म २ हजार २२४ जनामा संक्रमित

Read More →