Loading...
You are here:  Home  >  सम-सामयिक  >  Current Article

सीमामा उपस्थिति बढाउँदै सशस्त्र प्रहरी, दुईवर्षभित्र बीओपीकाे संख्या दाेब्बर बनाइने

१ कार्तिक,   खबरमञ्च,   at 12:29 PM

By   /  October 17, 2020  /  Comments Off on सीमामा उपस्थिति बढाउँदै सशस्त्र प्रहरी, दुईवर्षभित्र बीओपीकाे संख्या दाेब्बर बनाइने

    Print       Email

काठमाडाैं । सन् २०१९ काे नाेभेम्बरमा भारतले आफ्नाे नयाँ राजनीतिक नक्सामा नेपाली भूमी कालापानी लिपुलेकलगायतलाई समेत समावेश गर्याे । र ती भूमीमा आफ्नाे स्वामित्व दाबी गर्याे ।

विभिन्न सन्धी सम्झाैताका आधारमा पनि नेपालकै रहेका ती भूमीलाई भारतले आफ्नाे दाबी गर्दै नक्सामै सामेल गरेपछि नेपाल भारत सीमा विवाद पेचिलाे बनेकाे थियाे । दार्चुला जिल्लामा रहेका यी ठाउँमा मात्र हाेइन त्यसयता र त्यसअघि देशमा अन्य जिल्लमा पनि सीमा स्तम्भ गायब हुने देखि भूमी मिचिने कुराहरु आइरहे ।

पछिल्लाे समय भारतले पुनः लिपुलेक हुँदै चीनकाे मानसराेवर जाने लिङ्कराेड बनाएपछि भने याे विवाद उत्कर्षमा पुग्याे ।

सरकारका तर्फबाट ती भूमी नेपालकै हुन् भन्ने यथेष्ट प्रमाण रहेकाे र वार्तामार्फत समस्या समाधान गर्ने प्रतिबद्धता आए । र सरकारले भारत सरकारलाई कुटनीतिक नाेट पनि पठायाे । तर ती भूमीमा लामाे समयदेखि आफ्ना सैन्य फाैज राखेर एकक्षत्र कब्जा गरिरहेकाे भारतले वार्ताका लागि ग्रीन सिग्नल दिएन । र अहिले पनि उ वार्तमा बस्न चाहेकाे छैन ।

तर  जनताकाे बढ्दाे दवाबले  सरकारलाई भने सीमा सुरक्षाका सम्बन्धमा थप गम्भीर बन्न बाध्य बनायाे । जसअनुसार सरकारले मिचिएका भूमी फिर्ता लिने सम्बन्धमा प्रमाण संकलन र एकीकृत गर्न विज्ञ समूह बनायाे । जुन समूहले केही समय अघि आफ्नाे प्रतिवेदन बुझाइसकेकाे छ र वार्ताका लागि बलियाे आधार बनेकाे दाबी गरेकाे छ ।

भारतसँग औपचारिक वार्ताकाे तयारी गरिरहेकाे सरकारले तत्कालका लागि भने थप सीमा मिचिन नदिन सीमामा सुरक्षा फाैजकाे स‌ंख्या बढाइरहेकाे छ ।

बीओपी स्थापना धमाधम

सशस्त्र प्रहरी मुख्यालयका अनुसार अहिलेसम्म देशभर १६९ वटा बीओपी स्थापना भएका छन् । र यही वर्षमा उक्त संख्या बढाएर २२१ पुर्याउने उसकाे याेजना छ ।

सशस्त्र प्रहरी प्रवक्ता राजु अर्यालका अनुसार आगामी दुईवर्षभित्रमा ५०० बीओपी स्थापना गरिसक्ने लक्ष्य छ । ‘तीन चरणमा ५०० पुर्याउने बीओपीकाे संख्या भनेका छाैं । साेही अनुसार गत पुषकाे मन्त्रीपरिषद बैठककाे निर्णय अनुसार ११४ वटा बीओपी थप्ने भन्ने याेजना अन्तर्गत अहिले काम भइरहेकाे छ र चाँडै त्याे संख्या २२१ पुर्याइनेछ,’ प्रवक्ता अर्यालले खबरमञ्चसँग भने ।

नेपालकाे भारत र चीनसँग सीमा जाेडिएकाे छ । त्यसैले सरकारले भारत र चीन दुवै तर्फ बीओपी स्थापना गर्दैछ ।

हाल नेपाल भारत सीमाको लम्बाइ एक हजार ८८० किलोमिटर छ । यस्तै चीनतर्फ पनि  १५ जिल्ला सीमा जोडिएका छन् । अहिले भारततर्फ १६३ साेही बीओपी छन् यही वर्ष थप ५२ वटा बीओपी थपिनेछ र २१५ पुर्याइनेछ । चीनतर्फ पनि सामरिक सुरक्षा र व्यवसायिक प्रयोजनका हिसाबले १५ बीओपी स्थापना गर्ने सरकारी याेजना छ । जसअनुसार अहिलेसम्म ६ वटा बीओपी स्थापना भइसकेकाे छ ।

पछिल्लाे समय चीनसँग सीमा जाेडिएकाे ताप्लेजुङकाे ओलाङचुङगोलाकाे मौवाटार, दार्चुलाको छाङरु, हुम्लाको हिल्सा, इलामको सलकपुर, झापाको पाठामारी, पाँचथरको चिवाभन्ज्याङ लगायत थुप्रै ठाउँमा बीओपी स्थापना भए । संखुवासभाकाे किमाथाङ्कामा बीओपी भवनकाे शिलान्यास भइसकेकाे छ ।

आवश्यकता

नेपाल भारतबीच खुला सीमा छ । जसका कारण सीमा नाकामा दुई देशका नागरिक ओहाेर दाेहाेर खुला छ । तर ती क्षेत्रमा नेपाली सुरक्षा फाैजकाे उपस्थिति सीमा क्षेत्रका जिल्लाहरुमा अपराधिक घट्नाहरु बढेका छन् । किनकी नेपालतर्फ हाल एउटा बीओपीबाट अर्कोसम्मको दूरी १३ किमिदेखि १८ किमिसम्म छ । उता भारततर्फ भने  २ किमिकाे दूरीमा बीओपी छन् । जसले गर्दा कुनै अपराधिक घट्ना हुँदा वा सीमा अतिक्रमणका घट्ना हुँदा पनि नेपाली अधिकारीले थाहा पत्ताै पाउँदैनन् । त्यसैले बीओपीकाे संख्या विस्तार गरेर त्याे दूरी ५ देखि ८ किमिमा सिमित गर्ने सरकारकाे याेजना छ  ।

समस्या

सरकारले नीति तथा कार्यक्रमै सीमा सुरक्षाकाे विषयलाई प्राथमिकता दिने उद्घाेष गरेकाे थियाे । साेही अनुसार काम पनि भइरहेकाे छ । तर सशस्त्र प्रवक्ता अर्याल भने भाैगाेलिक विकटता, बीओपी स्थापनाका लागि जग्गा अभाव, जनशक्ति अभाव लगायत थुप्रै समस्या चुनाैतिका रुपमा भने रहेकाे बताउँछन् ।

एउटा बीओपीमा कम्तिमा ३५ जना सशस्त्र प्रहरी राखे पनि हालभएकाे जनशक्तिले अब थप हुने बीओपीमा नपुग्ने देखिन्छ । त्यसैले सशस्त्र मुख्यालयले जनशक्ति थपका लागि गृह मन्त्रालयसँग कुरा गरिसकेकाे छ ।

सीमामा बीओपीकाे संख्या बढाउनाले सीमा सुरक्षा मात्र हाेइन सीमा क्षेत्रमा अपराधिक घट्ना नियन्त्रण हुने र त्यहाँबाट हुने गैरकानूनी कामकाे नियन्त्रणमा सहयाेग पुग्ने सशस्त्र प्रवक्ता अर्यालकाे विश्वास छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

विर्तामोडको अर्को इतिहास ढल्यो, समाजसेवी पर्शुराम ढकालको ९९ वर्षको उमेरमा निधन

Read More →