Loading...
You are here:  Home  >  कला / साहित्य  >  Current Article

चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त भुवन केसीविरुद्ध सर्वोच्चमा रिट दायर

2022/08/11,    at 4:45 PM

By   /  August 11, 2022  /  Comments Off on चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त भुवन केसीविरुद्ध सर्वोच्चमा रिट दायर

    Print       Email

काठमाडौँ । चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त भुवन केसीको नियुक्ति बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ।

विकास बोर्डको अध्यक्षका प्रत्यासीहरू नरेश पौडेल, अरुण प्रधानलगायतले केसीको नियुक्ति बदरको माग गर्दै बिहीबार रिट दायर गरेका हुन्। रिटमाथि सोमबार पेसी तोकिएको छ।

केसीको शैक्षिक योग्यतादेखि उमेरसम्म विवादास्पद देखिएको, उनीविरुद्ध यौन दुर्व्यवहारको मुद्दा अदालतमा विचाराधीन रहेकै अवस्थामा सरकारले विकास बोर्डको अध्यक्षमा नियुक्त गरेको भन्दै नियुक्ति प्रक्रिया बदर गर्न रिट निवेदनमा माग गरिएको छ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

प्रियंका रानी जोशी बनिन् ‘मिस नेपाल २०२२’

Read More →