Loading...
You are here:  Home  >  कला / साहित्य  >  Current Article

बजारमा आयो ‘बेसारे माया'(हेर्नुस् भिडियाे)

२९ असार,   खबरमञ्चडेस्क,   at 8:42 PM

By   /  July 13, 2020  /  Comments Off on बजारमा आयो ‘बेसारे माया'(हेर्नुस् भिडियाे)

    Print       Email

काठमाडौं । तीज नजिकिएसँगै बजारमा तीजका गीत आउने क्रम बढेको छ ।

कोरोना भाइरस संक्रमणको त्रासले विगतका वर्षमा भन्दा केही कम भएपनि फाट्ट फुट्ट तीजका गीत आउने क्रम भने सुरु भएको हो ।

‘बेसारे माया’ बाेलकाे तीजको गीत सार्वजनिक भएको हो ।

अमृत भारती र रमुना कार्कीको स्वरमा रहेको उक्त गीतमा शब्द तथा संगीत गायक अमृत भारतीकै रहेको छ ।

उक्त गीतमा संगीत संयोजन भने कृष्ण बीकेले गरेका छन् । गीतको बजार व्यवस्थापन तथा युट्युव कपिराइट भारती पिक्चर प्रालीको छ ।

विगतमा भन्दा यो वर्ष गीत निकाल्न धेरै कठिन भएको र काम गर्न पनि अफ्ठ्यारो भएकोभए पनि कोरोनाको महामारीलाई विशेष ध्यान दिइ सरकारल तोकेको न्यूनतम सुरक्षाका मापदण्डलाई अवलम्बन गरेर गीतको म्यूजिक भिडियो बाहिर ल्याएको गायक भारतीले बताए ।

‘निकै मेहेनत गरेर यो गीत नेपाली संगीत प्रेमिहरुमा पस्किएका छौ, आशा छ हाम्राे गीत मन पराउनु हुनेछ ,’ बेसारे गीतका माेडेल तथा गायिक रमुना कार्कीले बताइन् ।

भिडियाेः

 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

यी हुन् ‘मदन पुरस्कार–२०७६’ का लागि छनाेट भएका सात वटा पुस्तक

Read More →