Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

‘सर्वाेच्चको फैसलाले जनताको जित भएको छ, न्यायालयप्रतिको सम्मान बढाएको छ’

११ फागुन,   खबरमञ्च,   at 9:07 PM

By   /  February 23, 2021  /  Comments Off on ‘सर्वाेच्चको फैसलाले जनताको जित भएको छ, न्यायालयप्रतिको सम्मान बढाएको छ’

    Print       Email

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले संसद पुनर्स्थापना गर्ने सर्वाेच्च अदालतको फैसलाले न्यायलयप्रतिको सम्मान बढाएको टिप्पणी गरेका छन् ।

संसद विघटनलाई असंवैधानिक भन्दै बदर गरेकाे सर्वाेच्चको फैसलालाई स्वागत गर्दै खाँणले आफ्नो फेसबुकमा लेखेका छन्,’नेपाली जनता र नेपाली कांग्रेसको नेतृत्वमा बनेको संविधानको रक्षामा सर्वाेच्च अदालतबाट संसद पुनर्स्थापना हुने फैसलाको सम्मान गर्दछु । इतिहासमा यो निर्णयले न्यायपालिकाको शीर ठाडो भएको छ । नेपाली जनताको जीत भएको छ ।’

अब तत्काल संसद बैठक बसेर देशलाई निकास दिन आवश्यक रहेको समेत उनले जिकिर गरेका छन् ।
‘म सम्माननीय अदालत र फैसला गर्ने न्यायमूर्तीहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छु । र सम्पूर्ण नेपाली जनतालाई पनि बधाई दिन चाहन्छु,’ उनले लेखेका छन् ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

पुनर्स्थापित प्रतिनिधिसभाको हिउँदे अधिवेशन फागुन २३ गते

Read More →