Loading...
You are here:  Home  >  Articles by खबर मञ्च  -  Page 6
Latest

मेरो मूल्यांकन ९० प्रतिशत होः आले

By   /  June 26, 2022  /  राजनीति  /  Comments Off on मेरो मूल्यांकन ९० प्रतिशत होः आले

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले आफ्नो कार्यकाल सफल भएको दावी गरेका छन्। पदबाट राजीनामा दिएपछि आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै आफूले स्वमूल्याङ्कनमा ९० प्रतिशत ल्याएको दावी गरे । आफू प्रक्रिया भन्दा एक्सनमा विश्वास गर्ने राजनीतिक परिपार्टीमा हुर्किएको भन्दै सोही अनुरुप नै काम गरेको उनले बताए । मन्त्री आलेले गौतमबुद्ध अन्तराष्ट्रिय […]

Read More →
Latest

रामकुमारी झाँक्रीले पनि पत्रकार सम्मेलन गर्दै

By   /  June 26, 2022  /  राजनीति  /  Comments Off on रामकुमारी झाँक्रीले पनि पत्रकार सम्मेलन गर्दै

काठमाडौं । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले पनि पदबाट राजीनामा दिने भएकी छन् । राजीनामाबारे जानकारी दिन केही बेरमै पत्रकार सम्मेलन आयोजना गरिएको छ । विनियोजन विधेयकबारे आफ्नो मन्त्रालयसँग सम्बन्धित प्रश्नहरूको संसदमा जवाफ दिए लगत्तै झाँक्रीले राजीनामा घोषणा गर्न लागेकी हुन् । आजै पर्यटनमन्त्री प्रेम आलेले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राजीनामा बुझाइसकेका छन् ।

Read More →
Latest

प्रेम आलेको पत्रकार सम्मेलन साढे ५ बजे

By   /  June 26, 2022  /  सम-सामयिक  /  Comments Off on प्रेम आलेको पत्रकार सम्मेलन साढे ५ बजे

काठमाडौं । पार्टी अध्यक्ष माधव कुमार नेपाललाई राजीनामा पत्र बुझाएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले पत्रकार सम्मेलन गर्ने भएका छन् । अध्यक्ष नेपाललाई राजीनामा पत्र बुझाएर राष्ट्रियसभामा बजेटमाथिको छलफलमा भाग लिन पुगेका आलेले आज साँझ पत्रकार सम्मेलन गर्ने भएका हुन् । उनले अपराह्न ५ बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्ने भएका हुन् ।

Read More →
Latest

पर्यटनमन्त्री आलेले बुझाए राजीनामा

By   /  June 26, 2022  /  राजनीति  /  Comments Off on पर्यटनमन्त्री आलेले बुझाए राजीनामा

काठमाडौँ- नागरिक उड्यन तथा पर्यटनमन्त्री प्रेमबहादुर आलेले मन्त्री पदबाट राजीनामा दिएका छन्। ४८ घन्टाभित्र राजीनामा दिने घोषणाअनुसार उनले मन्त्री पदबाट दिएको राजीनामा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई बुझाएका हुन्। माधव नेपाल निकट स्रोतका अनुसार मन्त्री आलेले राजीनामा बुझाएका हुन्। उनले आफ्नो कार्यकालमा भएका कामको विवरण सार्वजनिक गर्ने तयारी पनि गरेका छन्। नेकपा एसको मन्त्रिपरिषद् […]

Read More →
Latest

केही मन्त्रीको राजीनामा गोजीमा बोकेर हिँडेको छु: माधव नेपाल

By   /  June 26, 2022  /  राजनीति  /  Comments Off on केही मन्त्रीको राजीनामा गोजीमा बोकेर हिँडेको छु: माधव नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सम्भवतः आज मन्त्रिपरिषद् पुनर्गठन हुने बताएका छन् । आइतबार काठमाडौंमा अखिल नेपाल महिला संघको केन्द्र्रीय कमिटीको बैठकमा उनले छिट्टै पार्टीको निर्णय कार्यान्वयन हुने बताए । “मन्त्रिपरिषद्को पुनर्गठन हुनेछ । छिटोभन्दा छिटो हुनेछ । आशा गरौँ, आजै हुनेछ । हाम्रो पार्टीको निर्णय लागु हुनेछ भन्ने आशा र विश्वास […]

Read More →
Latest

भ्रष्टाचार मुद्दाका आरोपितलाई धमाधम सफाइ दिइँदै

By   /  June 26, 2022  /  छापामा  /  Comments Off on भ्रष्टाचार मुद्दाका आरोपितलाई धमाधम सफाइ दिइँदै

काठमाडौं । गत साता विशेष अदालतले कालिका कन्स्ट्रक्सन जेभीका प्रमुख एवं पूर्ववनमन्त्री विक्रम पाण्डेसहित २१ जनालाई भ्रष्टाचार मुद्दामा सफाइ दियो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ८ अर्बभन्दा बढी मागदाबी गरेको सो भ्रष्टाचार मुद्दामा आरोप पुष्टि हुन नसकेको भन्दै विशेषले सफाइ दियो। अख्तियारले दर्ता गरेको भ्रष्टाचार मुद्दामा विशेषले सफाइ दिँदै आएको छ। गत वर्षको तथ्यांक हेर्दा अख्तियारले […]

Read More →