झापामा हात्ती मृत भेटियो

झापा । झापाको बुद्धशान्ति -५ आयाबारीमा एउटा दँतार हात्ती मृत भेटिएको छ। स्थानीयबासी मिना कार्कीको घर पछाडि खेतमा हात्ती मृत अवस्थामा भेटिएको हो । हात्ती के कारणले मर्यो भन्ने पत्ता लागेको छैन। विज्ञ टोली आएर कारण पत्ता लगाउने बताइएको छ। हात्ती मृत भेटिएको स्थान अहिले बनका कर्मचारी तथा प्रहरीको सुरक्षा घेरामा छ।
Read More →भट्टराई–यादव सल्लाहमै छुट्टिँदै

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)मा आन्तरिक विवाद नयाँ होइन। पार्टीको बैठक बोलाउनेदेखि विभिन्न महत्वपूर्ण निर्णयमा अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईबीच मतभेद चल्दै आएको थियो। अहिले पुनः अध्यक्ष यादवले आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेसँगै विवाद अझै चुलिएको छ। यही विवादले दुई अध्यक्षलाई अलगअलग बाटोमा हिँड्ने अवस्थासम्म पुर्याएको छ। मन्त्री बनाउने […]
Read More →मुख्यमन्त्रीलाई दबाब दिन मन्त्री फिर्ता बोलाउने काँग्रेस र माओवादीको तयारी

काठमाडौं। बजेट पास भएलगत्तै बागमती प्रदेशमा सत्ता परिवर्तनको खेल सुरु भएको छ । यसका लागी दलहरुले बेग्लाबेग्लै हस्ताक्षर संकलन सुरु गरेका छन् । मुख्यमन्त्रीलाई दबाब दिन हाल माओवादी केन्द्र र नेपाली काँग्रेसबाट मन्त्रिपरिषद्मा सहभागी मन्त्री तथा राज्यमन्त्री फिर्ता बोलाउने तयारी गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेलाई हटाएर नेपाली काँग्रेसका संसदीय दलका नेता इन्द्रबहादुर […]
Read More →उम्मेदवार स्वतन्त्र हुन्छन् स्वतन्त्र पार्टी हुँदैन

काठमाडौं। स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवार केही स्थानमा विजयी भएपछि आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा पनि स्वतन्त्रको उत्साह जागेको छ । त्यसका लागि कतिपयले उम्मेदवारी नै घोषणा गरेका छन् भने स्वतन्त्र अभियानका रूपमा दल नै खडा गरिएको छ । तर बौद्धिक र प्राज्ञिक क्षेत्रका अगुवाले यस्तो स्वतन्त्रताको बहस निर्दलीय निरर्थक रहेको बताए । […]
Read More →छानबिनको घेरामा तानिँदै न्यायाधीशहरु

काठमाडौं। जिल्ला न्यायाधीशको फैसला विवादित बनेपछि हालसम्म ६ न्यायाधीश न्यायपरिषदको छानबिनको घेरामा परेका छन् । विवादित फैसला गर्नेमा पछिल्लो समय २ करोडको मोलमोलाई गर्ने काठमाडौं जिल्ला अदालतका न्यायाधीशदेखि अपहरण र बलात्कार पीडितलाई नै सजाय सुनाउने न्यायाधीशसम्म छन् । सबुद प्रमाण बलियो हुँदाहुँदै स्वविवेकी अधिकार प्रयोग गर्दै पीडितलाई अन्याय हुनेगरी फैसला गर्ने न्यायाधीश छानबिनका लागि तानिएका […]
Read More →कांग्रेसले असार २७ गतेका लागि बोलायो केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ। असार २७ गते पार्टी कार्यालय सानेपामा बस्ने गरी कांग्रेसले केन्द्रीय समिति बैठक बोलाएको हो। कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले असार २७ गते दिउँसो १ बजे केन्द्रीय समितिको बैठक बोलाइएको बताए। उनले स्थानीय तह निर्वाचनको समीक्षालगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको जानकारी दिएका छन्।
Read More →