Loading...
You are here:  Home  >  अन्तर्राष्ट्रिय  >  Current Article

हिरासतमा माेबाइल चलाएपछि जेल पठाइए अर्नब गोस्वामी

2020/11/09,   एजेन्सी,   at 9:14 AM

By   /  November 9, 2020  /  Comments Off on हिरासतमा माेबाइल चलाएपछि जेल पठाइए अर्नब गोस्वामी

    Print       Email

एक इन्टेरियर डिजाइनरको आत्महत्या दुरूत्सहान घटनामा पक्राउ परेका रिपब्लिक टिभीका संस्थापक एवं प्रधान सम्पादक अर्नब गोस्वामीलाई क्वारेन्टिनबाट जेल पठाइएको छ।

न्यायिक हिरासतमा लिइएपछि उनलाई अलिबागको एक क्वारेन्टिन केन्द्र पठाइएको थियो। भारतीय समाचार संस्था (पिटिआई)का अनुसार अर्नबले त्यहाँ मोबाइल फोन चलाएको पाइएपछि तलोजा जेल पठाइएको हो।

प्रहरीले उनले अन्य व्यक्तिको मोबाइलबाट सामाजिक संजालमा सक्रिय भएको जनाएको छ।

तलोजा जेल लाँदैगर्दा अर्नबले कराएर अलिबागका जेलरले शनिबार साँझ उनीमाथि कुटपिट गरेको आरोप लगाएका थिए। यस्तै आफ्ना वकिलसँग पनि कुरा गर्न नदिएको उनको आरोप छ।

अर्नबसँगै मुम्बई प्रहरीले फिरोज शेख र नितिश शारदालाई सन् २०१८ को ४ नोभेम्वरमा इन्टेरियर डिजाइनर अन्वय नाइक तथा उनकी आमाले आत्महत्याका लागि दुरूत्सहान गरेको भन्दै पक्राउ गरेको हो।

ती इन्टेरियर डिजाइनरले सुसाइट नोटमा अभियूक्तहरूले आफ्नो भूक्तानी नगरेपछि बाध्य भएर आफू र आमाले आत्महत्या गर्नुपरेको उल्लेख गरेका थिए।

अर्नबको जमानत याचिका बम्बे हाईकोर्टले साेमबार फैसला सुनाउँदैछ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

ट्रम्पद्वारा ७३ जनाको सजाय माफ

Read More →