Loading...
You are here:  Home  >  सम-सामयिक  >  Current Article

अख्तियार प्रमुख घिमिरेलाई कोरोना स‌ंक्रमण

२७ साउन,   खबरमञ्च,   at 6:29 PM

By   /  August 11, 2020  /  Comments Off on अख्तियार प्रमुख घिमिरेलाई कोरोना स‌ंक्रमण

    Print       Email

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

केही समयअघि आयोगमा कार्यरत सुरक्षाकर्मी र सवारीचालकहरुमा कोरोना स‌ंक्रमण देखिएपछि आयोगमा कार्यरत अन्यको पनि स्वाब परिक्षणका लागि पठाइएको थियो ।

जसअनुसार मंगलबार आएको रिपोर्टमा प्रमुख आयुक्त घिमिरेको पनि कोरोना पोजिटिभ देखिएको स्वास्थ्य मन्त्रालय श्रोतले जानकारी दिएको छ । यो नेपालमा उच्चतहका व्यक्तिहरुमा पहिलो पटक संक्रमण देखिएको हो ।

श्रोतका अनुसार हाल घिमिरे होम आइसोलेसनमा बसेका छन् भने आयोगका अन्य आयुक्तदेखि प्रवक्ताहरु पनि होम आइसोेलेसनमा बसेका छन् ।

हालसम्म अख्तियारमा ४० भन्दा बढीमा कोरोना पुष्टि भइसकेको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

कोरोना संक्रमितको उपचारमा संलग्नहरूको २५ लाखको निःशुल्क बिमा हुने

Read More →