Loading...
You are here:  Home  >  सम-सामयिक  >  Current Article

विमानस्थलका प्रहरीलाई डिआईजीको निर्देशनः जनताको आत्मसम्मानमा चोट पुग्ने कुनै काम नगर्नु

५ माघ,   खबरमञ्चडेस्क,   at 5:26 PM

By   /  January 19, 2020  /  Comments Off on विमानस्थलका प्रहरीलाई डिआईजीको निर्देशनः जनताको आत्मसम्मानमा चोट पुग्ने कुनै काम नगर्नु

    Print       Email

 

काठमाडौं । आस्था राउत प्रकरणपछि त्रिभुवन विमानस्थल पुगेका महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीका डीआईजी विश्वराज पोखरेलले विमानस्थलको सुरक्षामा खटिने प्रहरीलाई जिम्मेवारीमा रत्तिभर नचुक्न निर्देशन दिएका छन् ।

आइतबार विमानस्थलस्थित प्रहरी कार्यालयमा पुगेका पोखरेलले एसएसपीदेखि जवानसम्म सबैलाई  बोली, व्यवहार र बचनमा कतै नचुक्न र नझुक्न सामूहिक रुपमै निर्देशन दिएका हुन् ।

यसबाहेक उनले सर्वसाधारणको आत्मसम्मानमा चोट पुग्ने कुनै किसिमको काम नगर्न पनि निर्देशित गरेका छन् ।

उनले भने, ‘‘विमानस्थलको सुरक्षा निकै सम्वदेनशील विषय हो । जाँचमा जनताको मानवअधिकारको संरक्षण गर्दै जाँच गर्नु ।’’

प्रहरी प्रशासनको बोलीले राज्य संयन्त्रको सक्रियता प्रतिबिम्बित हुने भन्दै उनले त्यसलाई सधैव ख्याल गरेर काम गर्न भनेका छन् ।

जुनियर अधिकृत खुशी 

ब्रिफिङमा उपस्थित जुनियर अधिकृतले डीआईजी पोखरेलले जवानको पक्षमा अडान लिएको भन्दै खुशी व्यक्त गरेका थिए ।

‘राम्रोसँगले जिम्मेवारी पूरा गर्दा पनि कारबाहीमा पर्नुपरेपछि त्रासमा रहनुपर्ने अवस्था रहेको भन्दै ती जवानले भनेका थिए, ‘आज मेट्रोबाट जवानको पक्षमा काम भएको छ । यसले हाम्रो मनोबल बढेको छ ।’

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

कोरोना संक्रमितको उपचारमा संलग्नहरूको २५ लाखको निःशुल्क बिमा हुने

Read More →