Loading...
You are here:  Home  >  प्रदेश समाचार  >  Current Article

लुम्बिनीमा पुनः मन्त्रीमण्डल विस्तार, पदमुक्त भएका जसपाका दुई सांसद मन्त्रीमा नियुक्त

२० वैशाख,   खबरमञ्च,   at 10:28 PM

By   /  May 3, 2021  /  Comments Off on लुम्बिनीमा पुनः मन्त्रीमण्डल विस्तार, पदमुक्त भएका जसपाका दुई सांसद मन्त्रीमा नियुक्त

    Print       Email

रुपन्देही । लुम्बिनी प्रदेशमा मन्त्रिमण्डल पुनःविस्तार गरिएको छ ।

मुख्यमन्त्रीमा पुनः नियुक्ति भएपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले आज दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

मुख्यमन्त्री पोखरेलले कल्पना पाण्डेलाई शिक्षा तथा सामाजिक विकासमन्त्री र सुमन शर्मा रायमाझीलाई भौतिक पूर्वाधार राज्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

नवनियुक्त शिक्षामन्त्री पाण्डेलाई प्रदेश प्रमुख धर्मनाथ यादव र राज्यमन्त्री रायमाझीलाई मुख्यमन्त्री पोखरेलले पद तथा गोपनीयताको शपथ गराए ।

सात सदस्यीय मन्त्रिमण्डलमा हाल मुख्यमन्त्रीसहित नेकपा (एमाले)का तीन र जनता समाजवादी पार्टीका राज्यमन्त्रीसहित चार जना सहभागी छन् ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

लुम्बिनीका मुख्यमन्त्री पोखेरेलविरुद्ध दोस्रो पटक अविश्वास प्रस्ताव दर्ता

Read More →