Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

नेपाल सरकारले भन्याेः बुद्धको जन्मभूमी नेपाल हो भन्ने कुरा ‘स्थापित र अस्वीकार गर्न नसकिने तथ्य’

२५ साउन,   खबरमञ्च,   at 7:54 PM

By   /  August 9, 2020  /  Comments Off on नेपाल सरकारले भन्याेः बुद्धको जन्मभूमी नेपाल हो भन्ने कुरा ‘स्थापित र अस्वीकार गर्न नसकिने तथ्य’

    Print       Email

काठमाडौँ । भारतीय विदेशमन्त्री एस जयशंकरले बुद्धको जन्मभूमिबारे दिएको विवादास्पद अभिव्यक्तिको नेपाल सरकारले खण्डन गरेको छ।

आइतबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै जय शंकरकाे भनाइ खण्डन गर्दै बुद्धको जन्मभूमी नेपाल हो भन्ने कुरा ‘स्थापित र अस्वीकार गर्न नसकिने तथ्य’ भएको प्रष्ट पारेको छ।

विज्ञप्तिमा भनिएको छ, ‘बुद्धको जन्म नेपालको लुम्बिनीमा भएको हो भन्ने विषय स्थापित, अस्वीकार गर्न नसकिने कुरा ऐतिहासिक र पुरातात्विक प्रमाणले पुष्टि गरेको छ। जुन युनेस्कोले पुरातात्विक सूचीमा राखेको क्षेत्र पनि हो।’

 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

प्रधानमन्त्रीज्यू, हेक्का रहोस् नेकपाको सचिवालय संवैधानिक परिषद् होइनः नेपाली कांग्रेस

Read More →