Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

भगवान राम नेपालका हुन्, भारतले ‘नक्कली अयोध्या’ खडा गर्याेः प्रधानमन्त्री ओली

२९ असार,   खबरमञ्च,   at 8:55 PM

By   /  July 13, 2020  /  Comments Off on भगवान राम नेपालका हुन्, भारतले ‘नक्कली अयोध्या’ खडा गर्याेः प्रधानमन्त्री ओली

    Print       Email

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले ‘नक्कली अयोध्या’ खडा गरेर सांस्कृतिक तथ्यमाथि अतिक्रमण गरेको बताएका छन्।

नेपाल सांस्कृतिक हिसाबले थिचिएको उल्लेख गर्दै ओलीले तथ्यहरुमाथि भारतले अतिक्रमण गरेको दाबी गरेका हुन्।

भगवान रामको राज्य अयोध्या नेपालको वीरगञ्ज पश्चिममा पर्ने भएपनि भारतले विवादित अयोध्या खडा गरेको उनको भनाई छ। ‘हामी अलिकति सांस्कृतिक हिसाबले थिचिएका छौँ। तथ्यहरुमा अतिक्रमण भएको छ। हामी अहिले पनि ठानिरहेका छौँ। हामीले ‘सीता’ भारतका राजकुमार रामलाई दियौँ। भारतका होइन अयोध्याकालाई दिएका हौँ हामीले। अयोध्या भनेको वीरगञ्जभन्दा अलि पश्चिमपट्टिको गाउँ हो,’ उनले भने, ‘अहिले खडा गरिएको अयोध्या होइन। अयोध्या भीषण विवाद छ है त्याँ। हाम्रोमा विवाद नै गर्नुपर्दैन। अयोध्या वीरगञ्जको पश्चिमपट्टी ठोरीमा, वाल्मीकी आश्रम यहीँ (नेपालमा), र दशरथबाट सन्तान नभएपछि पुत्रेष्टि यज्ञ लगाउने पण्डितजी रिडीका। त्यसकारण सन्तान (राम) पनि भारतीय होइनन्, ठाउँ (अयोध्या) पनि भारतीयको होइन्।’

प्रधानमन्त्री ओलीले भारतले भनेको अयोध्या नै सही भए त्यहाँका राजा जनकपुर विवाह गर्न कसरी आइपुगे भनेर प्रश्न समेत गरे। त्यो समयमा कुनै सञ्चार सुविधा बिना अहिले भारतले बनाएको अयोध्याबाट राम आउन सम्भव नभएको उनको आशय थियो।

भानु जयन्तीका अवसरमा प्रधानमन्त्री निवासमा भएको कार्यक्रममा बोल्दै उनले भने, ‘यहाँ जनकपुर उहाँ अयोध्या हुन्थ्यो भने कहाँ छोरीको बिहे गर्न खोज्या छ, त्यसबेलामा न टेलिफोन न मोबाइल कताबाट थाहा होस्। थाहा हुन सम्भव थिएन। नजिकै पर्थ्यो सजिलैसँग गए होलान् तर त्यो इतिहास बहस गरी साध्य छैन फेरि एक हमलामाथि अर्को…।’

प्रधानमन्त्री ओलीले ज्ञान, विज्ञान र अनेक कुराको सुरुवात र विकास नेपालमा भएको भएपनि त्यो शृंखलाले निरन्तरता पाउन नसकेको दाबी गरे। सोमबार नै हिमवत्खण्ड कला साहित्य सम्मिलन-२०७५ स्मारिका समेत विमाचन गरिएको छ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

कोरोनाले महामारीको रुप लिन थाल्यो, सतर्क रहौंः आन्तरिक मामिला मन्त्री कार्की

Read More →