Loading...
You are here:  Home  >  अपराध  >  Current Article

बमजनविरुद्ध १४ वर्ष कैद सजायको माग गर्दै अदालतमा मुद्धा दायर

१९ असार,   खबरमञ्च,   at 3:13 PM

By   /  July 3, 2020  /  Comments Off on बमजनविरुद्ध १४ वर्ष कैद सजायको माग गर्दै अदालतमा मुद्धा दायर

    Print       Email

काठमाडौँ ।  बलात्कारकाे आरोप लागेका रामबहादुर बम्जनविरुद्ध सर्लाही जिल्ला सरकारी वकिलको कार्यालयले १४ वर्ष कैद सजायको माग गर्दै अदालतमा मुद्धा दर्ता गरेको छ।

बम्जनविरुद्ध  एक १५ वर्षीय किशोरीले बलात्कारको आरोप लगाएकी थिइन्। साेही अनुरुप सरकारी वकिल कार्यालयले बालबालिका सम्बन्धी ऐन, २०७६ अनुसार कारबाही गर्न माग गर्दै मुद्दा दायर गरेको हो ।

सिन्धुलीमा आश्रम बनाएर बसिरहेका बम्जनलाई प्रहरीले दुईपटक पक्राउ गर्ने प्रयास गरेपनि  बम्जन भाग्न सफल भएका थिए । सर्लाही प्रहरीले हद म्यादका कारण आरोपित बम्जनलाई पक्राउ नगरि अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयलाई बुझाएको थियो।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

काेराेना जाेखिम बढ्दाे, अब राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा रोक

Read More →