Loading...
You are here:  Home  >  सम-सामयिक  >  Current Article

आज पनि देशैभर पानी पर्ने

१४ असार,   खबरमञ्च,   at 8:14 AM

By   /  June 28, 2020  /  Comments Off on आज पनि देशैभर पानी पर्ने

    Print       Email

काठमाडौं । आइतबार विभिन्न स्थानमा ठूलाे पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार बिहान पनि देशभरका केही स्थानमा वर्षा भई नै रहेको छ भने दिउँसो धेरै ठाउँमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।

साथै प्रदेश नम्बर १, २, बागमती, गण्डकी र प्रदेश नम्बर ५ का एक–दुई स्थानमा ठूलो पानी (भारी वर्षा) पर्ने सम्भावना रहेको मौसमविद् राजु प्रधानांगले बताए।

अझै तीन दिन वर्षा रोकिने छैन। मंगलबारसम्मै देशभर हल्कादेखि भारीसम्म वर्षा जारी रहनेछ।

 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

शैलेश थापा क्षेत्री २८ औं प्रहरी महानिरीक्षक

Read More →