Loading...
You are here:  Home  >  स्वास्थ्य  >  Current Article

काेभिड-१९ संक्रमणबाट ज्यान गुमाएकी महिलाका परिवारलाई आज डिस्चार्ज दिइँदै

९ जेठ,   खबरमञ्च,   at 11:16 AM

By   /  May 22, 2020  /  Comments Off on काेभिड-१९ संक्रमणबाट ज्यान गुमाएकी महिलाका परिवारलाई आज डिस्चार्ज दिइँदै

    Print       Email

काठमाडाैं । काेराेना भाइरस संक्रमणबाट मृत्यु भएकी सिन्धुपाल्चाेककी महिलाकाे परिवारका सबै सदस्य अस्पतालबाट डिस्चार्ज हुने भएका छन् ।

जेठ ३ गते महिलाकाे काेराेना संक्रमणकै कारण मृत्यु भएकाे पुष्टि भएपछि नवजात शिशु, श्रीमान र आमालाई धुलिखेल अस्पतालकाे आइसाेलेसनमा राखिएकाे थियाे ।

तर उनीहरु मध्ये कसैमा पनि काेराेना संक्रमण नदेखिएपछि आज डिस्चार्ज दिन लागिएकाे अस्पतालका प्रवक्ता डा. सुमन ताम्राकारले जानकारी दिनुभयाे ।

२९ वर्षीया महिला त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा वैशाख २३ गते भर्ना भएको र त्यसको भोलिपल्ट बच्चा जन्माएर वैशाख २५ गते घर फर्किएकी थिइन्। तर घर पुग्नासाथ उनमा स्वासप्रस्वासमा समस्या देखिएपछि अस्पताल लगिएकाे थियाे ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

बिर्तामोडका ९ जनासहित झापाका ४७ जनामा कोरोना संक्रमण

Read More →