Loading...
You are here:  Home  >  सम-सामयिक  >  Current Article

भारतीय अतिक्रमणविरुद्ध दूतावास अगाडि प्रदर्शनमा उत्रिएका ३३ विद्यार्थी पक्राउ

२७ वैशाख,    at 2:16 PM

By   /  May 9, 2020  /  Comments Off on भारतीय अतिक्रमणविरुद्ध दूतावास अगाडि प्रदर्शनमा उत्रिएका ३३ विद्यार्थी पक्राउ

    Print       Email

काठमाडौँ । नेपाली भूमिमा भारतले सडक बनाएको भन्दै त्यसको विरोधमा नेपालस्थित भारतीय दूतावास अगाडि प्रदर्शनमा उत्रिएका ३३ विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ ।

लकडाउन उल्लङ्घन गरेकाले उनीहरुलाई आज पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले जानकारी दिए।

विद्यार्थी राष्ट्रिय झण्डासहित प्लेकार्ड बोकेर सो दूतावास अगाडि प्रदर्शन गर्न पुगेका थिए । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट विद्यार्थीले यसरी प्रदर्शन गरेको जनाइएको छ

सोही क्रममा विद्यार्थी नेता सुदेश पराजुली, यशु लामा, महेश श्रेष्ठ, अशोक थापा, मेघनाथ चापागाईंलगायत पक्राउ परेका हुन् ।

नेपालको भूगोलमा रहेका लिपुलेक, कालापानीबाट चीनको स्वशासित क्षेत्र तिब्बतको मानसरोवर जोड्ने सडक ट्र्याकको शुक्रबार उद्घाटन गरेको समाचार भारतका सङ्घीय रक्षामन्त्री राजनाथ सिंहले ट्वीटमार्फत सार्वजनिक गरेका थिए  ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

लगानी बोर्डको सिईओमा सुशील भट्ट नियुक्त

Read More →