Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

प्रधानमन्त्रीकाे दुखेसाे: लुटिएको सरकारी जग्गा फिर्ता लिने पहल गर्दा धेरै खप्की खाएँ

३ फागुन,   खबरमञ्च डेस्क,   at 1:20 PM

By   /  February 15, 2020  /  Comments Off on प्रधानमन्त्रीकाे दुखेसाे: लुटिएको सरकारी जग्गा फिर्ता लिने पहल गर्दा धेरै खप्की खाएँ

    Print       Email

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वर्षे कार्यकाल पूरा गरेको अवसरमा भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्न भन्ने आफ्नो पूरानो भनाईलाई पुनः दोहोर्याए ।

प्रतिनिधिसभाको शनिबारको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ललिता निवास जग्गा प्रकरण बाहिर आउने वित्तिकै आफैले छानविन समिति गठन गरेको र अहिले प्रकरणमा संलग्नहरु कानूनी कठघरामा आउन सफल भएको बताए ।

‘बालुवाटारस्थित बहुचर्चित ललिता निवासको १३६ रोपनी जग्गामाथि गरिएको जालसाँजीविरुद्ध मैलेनै एउटा छानविन समिति बनाएँ,’ उनले भने ।

ललिता निवास र प्रधानमन्त्रीको सरकारी निवास दुबै बालुवाटारमै भएकाले प्रधानमन्त्रीलेनै जग्गा बेचेर खाएको जसरी ‘बालुवाटार काण्ड’लाई प्रचार आक्रमणको अस्त्र बनाइएको पनि उनको भनाइ थियो ।

‘उक्त समिति बन्नु अघि र प्रतिवेदन सार्वजनिक गर्नु अघि सबै शान्त थियो । म आफैले लुटिएको सरकारी जग्गा फिर्ता ल्याउन पहल गरें । तर मलाईनै काण्डको ‘नाइके’ झैं प्रस्तुत गरिएको पनि पाइयो ।’

आफू भ्रष्टाचार नगर्ने र अरुलाई पनि गर्न नदिने भन्ने आफ्नो भनाइलाई भनाइलाई भन्नको लागि भनेको ठान्नेले गल्ति गरिरकेको उनको चेतावनी थियो ।

‘दूराचारी र दूराचार, भ्रष्ट र भ्रष्टचारका सन्दर्भमा मुखमा पानी हालेर बोल्ने मेरो बानी छैन । जो जतिसुकै उच्च ओहोदावाल होस् या कथित पहुँचवाला, तिनको मुख हेरेर सजाय तोकिन्नँ । कारबाही गर्ने/ नगर्ने फैसला लिइन्नँ,’ उनले भने ।

सुशासनका संयन्त्रहरु क्रियाशील हुँदा भ्रष्टाचारमा निर्लिप्त हुनेहरु मुर्मुरिँदा रहेने भन्दै उनले भने,‘यस्तो अवस्थामा ‘नील वर्ण श्रृगाल कथा’ स्मृतिमा आउँदो रहेछ !’

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

मन्त्री बन्ने बामदेवकाे याेजनामा सर्वाेच्चकाे ब्रेक

Read More →