Loading...
You are here:  Home  >  स्वास्थ्य  >  Current Article

आलुको फेसप्याकले चम्काउँछ अनुहार

२८ मंसिर,   खबरमञ्च,   at 1:35 PM

By   /  December 14, 2022  /  Comments Off on आलुको फेसप्याकले चम्काउँछ अनुहार

    Print       Email

आलु भिटामिन सी, आइरन र राइबोफ्लेविनको धनी स्रोत मानिन्छ । आलुको रसले डार्क सर्कल कम गर्न र आँखाको आसपास सुन्निने समस्यालाई कम गर्छ । यो त सबैलाई थाहा भएकै कुरा हो । तर छालामा चमक ल्याउन र दाग धब्बा हटाउन पनि यसको प्रयोग गरिन्छ ।

काचो आलुको रस एन्टी–एजिङ लाभ प्रदान गर्छ । यसको नियमित प्रयोगले डण्डीफोर कम गर्न पनि सहयोग गर्छ । यसका साथै डण्डीफोरको दाग हटाउन पनि सहयोग गर्छ । यसका अलावा यसको अन्य महत्वपूर्ण सौन्दर्यलाभ पनि हुन्छ ।

आलुको रस प्राकृतिक ब्लिचिङ एजेन्ट हो, छालाबाट सनबर्न टोन हटार निखार ल्याउँछ ।

आलुको टिस्यु फेसप्याक

आलुको रसले टिस्यु पेपर भिजाउनुस् र अनुहारमा लगाउनुस् । करिब २० मिनेटपछि धुनुपर्छ । तर यो टिस्यु पेपरलाई आँखा या नाकको आसपास लगाउनबाट बच्नुपर्छ । यो उपायलाई सातामा दुई या तीनपटक अपनाउनुपर्छ । चाँडै नै छालामा निखार आउनेछ ।

आलु र अण्डाको फेसप्याक

आधा आलुको रसमा एक अण्डाको सेतो भाग मिसाउनुस् र अनुहार र गर्धनमा लगाउनुस् । २० मिनेटपछि धुनाले चमक दिन्छ ।

आलु र बेसारको फेसप्याक

आलु र बेसारको फेसप्याक नियमित उपयोग गर्नाले छालाको टोन र रंग हल्का हुन्छ । आधालाई स–साना टुक्रा बनाएर एक चिम्टी बेसार मिसाउनुस् र यसलाई अनुहार र गर्धनमा लगाउनुस् । आधा घण्टापछि यसलाई सफा गर्नुपर्छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

सार्वजनिकस्थलमा अनिवार्य मास्क लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह

Read More →